” आइ लभ यु “बोलको गीत सार्वजनिक

0 1,007

काठमाण्डौ- भ्यालेन्टाइन डेको अवसर पारेर लामो समय देखि नेपाली कला-संगीतमा लागिपरिरहेका संगीतकार तथा निर्देशक राज्य राइ देमिनले ” आइ लभ यु “बोलको एउटा युगल प्रेमगीत अनलाइन युट्युव मार्फत सार्वजनिक गरेको छ ।

पछिल्लो समय विश्व लगायत नेपालमा पनि अनलाइन युट्युव मार्फत गीतभिडियो सार्वजनिक गर्ने चलन बढेको छ । यस गीतको गीतकार चर्चित युवा गीतकार प्रकाश दुमी राइ हुन् भने स्वर प्रमोद खरेलमेनुका राइको रहेको छ । जुन “आइ लाभ यु ” गीतको म्युजिक भिडियोमा अजीत राइ र शेशुका राइले रोमान्स गरेका छन् ! जसलाई छायांकन शन्देश राइले गरेको छ ।

संचारकर्मीको कथामा पृथक तरिकाले प्रस्तुत गरिएको भिडियोलाई मनिष कार्कीले सम्पादन गरेका छन् । लामो समयपछि आफ्नो संगीतमा राज्य राइ देमिनले ल्याएको यस गीतको निर्देशन पनि आफैले गरेका छन् ।

Loading...