सुस्मिता राईको” हिरा मोति” मा फुलन्देको आमा र समृद्धि पौडेल
काठमाडौ – दृष्टि विहिन गायिका सुस्मिता राईको स्वरमा “तिम्रो माया हिरा मोति” बोलको गीत सार्वजनिक भएको छ । धेरै नै प्रतिक्षित मानिएको यो गीत पावल चाम्लिङ्ग युट्युब च्यानल बाट सार्वजनिक भएको हो ।
६ बर्षकै कलिलो उमेरमा आँखाको ज्योति गुमाएकी गायिका सुस्मिता राई पछिल्लो समयमा नेपाली गीत संगीतको क्षेत्रमा चम्किलो तारा बनेर सांगीतक आकाशमा उदाई रहेकी छन् । उनको कोकिल कण्ठ आवाजको कारण नेपाली गीत संगीतको क्षेत्रमा निकै ठूलो आशा गरिएको छ ।
अनन्त राईको शब्द रचनामा रहेको यो गीतलाई गायक तथा संगीतकार पावल चाम्लिङ्ग राईले म्युजिक कम्पोज तथा एरेन्ज गरेका छन् । पावल चमलिङ्ग द स्काई रेकर्डिङ्ग स्टुडियोका संचालक पनि हुन् । मास्टरिङ्ग र मिक्सिङ्ग भने रदिप श्रेष्ठले गरेका छन् ।
हास्यकलाकार फुलन्देको आमा (उमेश राई) समृद्धि पौडेल र सिरिङ्ग नाछिरिङ्ग राईको अभिनय रहेको यो गीतको म्युजिक भिडियोलाई स्वर पोखरेलले छायांकन, निशान घिमिरेले सम्पादन गरेका हुन् भने अनुप चापागाईले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला