Browsing Category

समाचार

चाम्लिङ फेरि उत्कृष्ट रचनाकार

काठमाडौँ, ३ असोज - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले प्रसिद्ध गीतकार टीका चाम्लिङलाई एक समारोहमा ‘उत्कृष्ट बालगीत पुरस्कार’द्वारा पुरस्कृत गर्नुभएको छ । नेपाल बाल संगठन र रेडियो नेपालद्वारा संयुक्त रुपमा ‘राष्ट्रिय बाल दिवस’का अवसरमा आयोजित राष्ट्रिय बाल गीत प्रतियोगितामा गीत रचनातर्फ उत्कृष्ट भएबापत चाम्लिङलाई पुरस्कार प्रदान गरिएको हो । ‘सुखी नेपाली समृद्ध नेपाल, बाल अधिकार सबैको सरोकार’ भन्ने मूल ध्येयसहित आयोजना भएको बाल गीत प्रतियोगितामा चाम्लिङको ‘आमा सधैँ भन्नुहुन्छ– पढ पढ नानू, तर मेरो आँखाभरि खोज अर्कै छ’…

रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी लागू

खोटाङ - जिल्लाकाे रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी लागू भएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्रका १८ विद्यालयमा विद्युत्तीय हाजिरी शुरु गरेको हो । ३० लाख रुपैयाँको लगानीमा ई–हाजिरी जडान गरिएसँगै अब यी विद्यालयको निगरानी नगरपालिकाका प्रमुखकै कार्यकक्षबाट गर्न सकिने भएको छ । सामुदायिक विद्यालयको खस्कँदो शैक्षिकस्तर माथि उठाउन नगरपालिकाभित्रका १८ सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु गरेकाे जनाईएको छ ।

भवानी राईलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौ - काठमाडौ मेडिकल कलेजमा उपचार गराई रहेका भवानी राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । घरको काम गर्दा गर्दै लडेर सख्त घाईते भई काठमाडौ मेडिकल कलेजमा उपचार गराईरहेका भवानी राईलाई संखुवासभा चैनपुर घर भई अहिले अमेरिका बस्दै आएकी कमला लिम्बुको नेतृत्वमा संकलित ५६५८२ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिको हो । उक्त आर्थिक सहयोग रकम चैनपुर नगर पालिकाको मेयर भरत खत्री, आर्थिक सहयोग संकलन संयोजक एमबी लिम्बु र नमस्ते टाइम्सका संचालक जित लिम्बुले संयुक्त रुपमा भवानी राईलाई हस्तान्तरण गरेका हुन् । भवानी राईलाई नमस्ते…

बिसी राईको छैठौं गीति एल्वम “निर्मम यादहरु” सार्वजनिक

वेलायत - गायक बिसी राईको छैठौं गीति एल्वम "निर्मम यादहरु" सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको एकल शब्द रहेको गीति एल्बम "निर्मम" यादहरु सार्वजनिक भएको हो । एल्वममा ७ वटा गजल गीत समावेश रहेका छन् । बेलायतको सेन्ट साइमन चर्चको हलमा एक आयोजित एक कार्यक्रमको बीच वरिष्ठ गायिका मीरा राणालगायतले सार्वजनिक गरेका थिए । सार्वजनिक एल्बममा स्वर, संगीत तथा एरेन्ज बिसी राईकै रहेको छ भने एल्बम भित्रका गीतहरु बेलायत र नेपालमा रेकर्ड गरिएका हुन् । सगरमाथा नेप्लिज-गोरखा कम्युनिटी आक्स्फोर्डका अध्यक्ष…

किराया ललितपुर द्वारा डिवी सरोज राई सम्मानित

ललितपुर-किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका उपमहासचिव तथा संचारकर्मी डिवी राई सरोजलाई किरात राई यायोक्खा ललितपुर जिल्ला कार्यसमितिले सम्मान गरेको छ l डीबी राई सरोजले आफ्नो जातीय तथा समुदायिक उत्थानको निम्ति बिभिन्न क्षेत्र बाट पुर्‍याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै किरात राई यायोख्खा जिल्ला कार्य समिति ललितपुरको २९ औँ स्थापना दिवसको अवसरमा ताम्रापत्र सहित फेटा गुठाएर सम्मान गरिएको किरात राई यायोख्खा जिल्ला कार्य समिति ललितपुरले जनाएको छ ल किरात समुदायहरुको भाषिक सांस्कृतिक पहिचान स्थापित गराउन राई विगत लामो…

मिस मंगोल नेपाल २०१८ को उपाधी जाङमु ईन शेर्पाले जितिन्

इन्द्र जिजीबिषा / काठमाडौं - मिस मंगोल नेपाल २०१८ को उपाधी जाङमु ईन शेर्पाले जितेकी छन् । अन्तिम १६ प्रतिस्पर्धिहरुलाई पछि पार्दै शेर्पाले मिस मंगोल नेपालको ताज पहिरिएकी हुन् । फाइनल राउण्डमा "तपाई व्यवस्थापिक संसदमा बोल्ने अवसर पाउनु भएमा मुलुकको बारेमा के प्रसंग उठाउनु हुन्छ ? भन्ने निर्णायकले सोधेको प्रश्नको जवाफमा शेर्पाले ‘गुणस्तरीय शिक्षाको माध्यमबाट मुलुकको समृद्धीको क्षेत्रमा अघि बढाउनुपर्ने, युवा स्वरोजगार, बढ्दो भ्रष्टाचार, कुरिती, विकृती हटाउन मार्ग प्रशस्त गर्दै आर्थिक विकासका लागि राजनीतिक स्थायित्व जरुरी हुने…

एकयुवा माथि सांघातिक आक्रमण, क्रान्तिकारी पत्रकार महासंघ बाँकेको घोर भत्सर्ना

काठमाडौ - वर्दियामा एकयुवा माथि सांघातिक आक्रमण भएको छ । ठाकुरबाबा गाउँ पालिका १ भुरा गाउँ बजारमा हेमराज न्यौपाने माथि आक्रमण भएको हो । तीजको मेला हेरेर घर फर्किदै गर्दा बाटोमा केहि युवाहरुले आक्रमण गरेका हुन् । आक्रमणबाट हेमराज न्यौपाने अनुहारमा चोट लागेर घाईते भएका छन् । उक्त आक्रमणको नेकपा माओवादी क्रान्तिकारीले कार्बाहीको माग गरेका छ । कारवाहीको माग गर्दै नेकपा माओवादी क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ "अपराध बढेको छ, शान्ति सुरक्षामा प्रहरी असफल भएको छ " । आक्रमण पछि पिडित हेमराज न्यौपानेले प्रहरी…

चलचित्र “छिरिङ” को ट्रेलर सार्वजनिक

ईन्द्र जिजीबिषा / काठमाडौ - अत्यान्तै चर्चामा रहेको नेपाली कथानक चलचित्र "छिरिङ" को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य पात्र छिरिङले आफ्नो जिवनमा भोग्नु परेका कथा, सामाजिक परिवेस, हाँस्य, करुणा र मनोरन्जनले भरिएको चलचित्र "छिरिङ"मा चर्चित गायक तथा नायक यसकुमार, चर्चित पप गायक तथा नायक निमा रुम्बा र कामना भुजेलले अभिनय गरेका छन् । आउने असोज महिनाको १२ गतेदेखि डिसिएन मार्फत नेपालभर प्रदर्शन हुन लागेको चलचित्र "छिरिङ"को ट्रेलर सार्वजनिक भए लगत्तै चलचित्र विश्लेषक, चलचित्र प्रेमीहरुले चलचित्र राम्रो बनेकोमा विश्वस्त…

खोटाङमा एक पुरुषको बेवारीसे शव भेटियो

खोटाङ २० भदौ खोटाङमा एक पुरुषको शव बेवारीसे अवस्थामा भेटिएको छ । रावाबेसी गाउपालिका ३ रभुवाघाटस्थीत कोशी किनारमा मंगलबार ५ फीट ५ इन्च अग्लो, अन्दाजी २६–२७ वर्षका पुरुष बेवारिसे शव भेटिएको हो । बेवारिसे शवलाई हलेसी बाट खटिएका प्रहरीले मंगलबार दिउसो पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ । कोशी किनारमा शव देखिएपछि स्थानीयवासीन्दाहरुले प्रहरीलाई खवर गरेका थिए । मोटो शरीर एवम् गहुगोरो वर्ण भएका ती व्यक्ति कोही कसैको आफन्त भए जिल्ला अस्पताल दिक्तेलमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको चार बर्षे कार्य विवरण र सम्पादन

ईन्द्र जिजीबिषा / काठमाडौ - नेपाल प्रज्ञा प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालको कार्य प्रगति र सम्पादन गरेका कार्यहरुको विषयमा जानकारी गराएको छ । २०७१ साल भाद्र २० गते ४ बर्षका लागि नियुक्त भएको वर्तमान प्राज्ञ परिषदको अवधि २०७५ साल भाद्र १९ गते सकिदै छ । आफ्नो कार्यकालमा गरिएका प्रगति विवरणको जानकारी गराउन उक्त पत्रकार सम्मेलन गरिको थियो । प्रज्ञा प्रतिष्ठानको लागि आ.व २०७५/७६ को लागि १७ करोडको बजेट स्वीकृत भएकोमा हाल १९ करोड ९३ लाखको लागतमा प्रज्ञा प्रतिष्ठानको मूल भवन निर्माण भईरहेको र यो पुरा हुन अन्तिम…