खोटाङमा एक पुरुषको बेवारीसे शव भेटियो

0 1,327

खोटाङ २० भदौ
खोटाङमा एक पुरुषको शव बेवारीसे अवस्थामा भेटिएको छ । रावाबेसी गाउपालिका ३ रभुवाघाटस्थीत कोशी किनारमा मंगलबार ५ फीट ५ इन्च अग्लो, अन्दाजी २६–२७ वर्षका पुरुष बेवारिसे शव भेटिएको हो ।

बेवारिसे शवलाई हलेसी बाट खटिएका प्रहरीले मंगलबार दिउसो पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ । कोशी किनारमा शव देखिएपछि स्थानीयवासीन्दाहरुले प्रहरीलाई खवर गरेका थिए । मोटो शरीर एवम् गहुगोरो वर्ण भएका ती व्यक्ति कोही कसैको आफन्त भए जिल्ला अस्पताल दिक्तेलमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ ।

 

Loading...