जानकी तारामी मगरको “माईतिको सम्झनामा” छम-छामी नाचिन पार्वती राई
ईन्द्र जिजीबिषा/ काठमाडौ – चर्चित लोक दोहारी गायिका जानकी तारामी मगरको “माईतिको सम्झनामा” बोलको तिज गीतले बजार तताएको छ । लामो समय अमेरिका बसाइ पश्चात नेपाल आएकी चर्चित मोडल पार्वती राईलाई साथमा लिएर गायिका जानकी तारामी मगरले तिज गीत बजारमा ल्याएकी थिईन् ।
नेपाली हिन्दु महिलाहरुको चाड “हरि तालिका तिज” नजिकिए संगै, गायिका जानकी तारामी मगरको आफ्नै शब्द संगीतमा रहेको यो गीतले छोटो समयमै दर्शक स्रोताहरुको मन मष्तिकमा बस्न सफल भएको छ ।
गायिका जानकी तारामी मगरले सयौ गीतहरु आफ्नो कोकिल कण्ठ आवाज भरिसकेकी छन् । नेपाली गीत-संगीतको क्षेत्रमा जानकी तारामी मगरको ठुलो योगदान रहेको छ ।
मोडल पार्वती राई नेपाली म्युजिक भिडियोमा कुनै एक समयमा एकछत्र राज गरेकी मोडल हुन् । उनि केहि समय अगाडिदेखि अमेरिकामा बस्दै आएकी थिईन् । मोडल पार्वती राई अमेरिका बसे संगै नेपाली म्युजिक भिडियोमा उनको ठुलो खाँचो खट्किएको थियो । उनि नेपाल आए संगै गायिका जानकी तारामी मगरले उनलाई तिज गीतमा छम-छामी नचाएकी हुन् ।
सनराईज म्युजिक प्रेजेण्टको प्रस्तुतिमा रहेको यो गीतको म्युजिक भिडियोलाई करन चैसिरले सिनेमाटोग्राफ, नबिन घर्ति मगरको सम्पादन र मौसम हिमालीले निर्देशन गरेका छन् ।
जानकी तारामी मगरको म्युजिक भिडियो यहाँ हेर्नुहोला