रिया श्रेष्ठले कतारमा धमाका देखाउने, हेर्न तयार रहन रियाको आग्रह

ईन्द्र जिजीबिषा / काठमाडौ – चर्चित नायिका तथा मोडल रिया श्रेष्ठले भदौ ८ (अगष्ट २४ तारिकमा) कतारमा रहेका आम नेपाली समुदायहरु माझ “रमाईलो साँझ” मा आफ्नो प्रस्तुती दिने भएकी छन् । अत्यान्तै हट र सेक्सी डान्सर तथा नायिकाको उपाधि पाएकी नायिका तथा मोडल रिया श्रेष्ठ स्टेजमा पुगेपछि अत्यान्तै कामुक तरिकाले आफ्नो प्रस्तुती दिने गरेकी छन् ।
नायिका तथा मोडल रिया श्रेष्ठले स्टेजमा यसरी कामुक प्रस्तुति दिदा कार्यक्रममा रिया आकर्षणको केन्द्रविन्दु बन्ने गरेकी छन् । हट र भल्गर डान्स मात्रै नभएर रियाले लोक भाकाको गीतहरु र सांस्कृतिक नृत्यहरु पनि गर्ने गरेकी छन् ।
दर्जनौ म्युजिक भिडियो र आधा दर्जन भन्दा धेरै ठूलो चलचित्रहरुमा अभिनय गरिसकेकी रिया श्रेष्ठ विभिन्न स्टेज कार्यक्रम व्यास्त हुने गर्छिन् । रिया जहाँ जहाँ पुग्छिन् त्यहाँ त्यहाँ युवाहरुको भिड हुने गरेको छ ।
उक्त कार्यक्रममा रिया श्रेष्ठको अलावा गायक कमल खत्री ,निलम ढुंगाना स्मृति गौतम ,प्रकाश कटुवाल ,साना महर्जन लगायतको प्रस्तुती रहने छन् ।
“रमाइलो साझ” बाट उठेको रकम अपाङ्ग व्यक्तिहरुलाई सहयोग गर्ने कार्यक्रम संयोजक विक्रान्त कार्कीले बताएका छन् ।