‘नदिया लहर’ लिएर आइन् नदिया

0 619

काठमाडौँ, ८ साउन । अमेरिकाको न्यूयोर्कमा बस्दैआएकी काठमाडौँकी युवाकवि नदिया लिबाङ आफ्नो पहिलो कविताकृति ‘नदिया लहर’सहित नेपाली कविता क्षेत्रमा प्रवेश गरेकी छन् ।

गोर्खा बुक्स, काठमाडौँले छापेको नदियाको कृति ‘नदिया लहर’मा माया–प्रेम, समाज–संस्कृति, सामाजिक विकृति–विसंगतिका साथै डायास्पोरा दुःख र नारीका विषयमा रचना गरिएका ५६ वटा कलात्मक र मिठासपूर्ण कविता समाविष्ट छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानकी निबन्ध तथा समालोचना विभाग प्रमुख प्रा.डा. ज्ञानू पाण्डेले कवि नदिया प्रचुर काव्यचेत भएकी एक साहसी कवि हुन् भन्ने कुरालाई संग्रहले पुष्टि गरेको बताइन् । ‘समकालीन नेपाली कविताका पारखीहरूले पढ्न छुटाउनै नहुने नाम हो नदिया’ पाण्डेले थपिन् ।

कृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, अमेरिकामै रहेका कविहरू ज्योतिकुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सकुन ज्ञवाली, हङकङका देश सुब्बा र पोखराका आरजु विष्ट सल्यानीको शुभकामनाका साथै साहित्यकार दामोदर पुडासैनी किशोर र कवि तथा समालोचक सुरेश हाचेकालीको विश्लेषणात्मक भूमिका रहेको छ ।

Loading...