तुम्रोक समाज मलेसियाले थाल्यो आर्थिक संकलन अभियान

आर्थिक अवस्था कम्जोर भएका तीनजनाको उपचार सहयोगको निम्ति

0 752

आरएन चौधरी थारु / मलेसिया – तुम्रोक एकता समाज मलेसियाले आर्थिक संकलन अभियान सुरु गरेको छ । विभिन्न रोगबाट पीडित आर्थिक अवस्था कम्जोर भएका तीनजनाको उपचार सहयोगको निम्ति तुम्रोक एकता समाज मलेसियाले आर्थिक संकलन अभियान सुरु गरेको तुम्रोक एकता समाज मलेसियाका संस्थापक अध्यक्ष दिल कुमार तुम्रोकले जानकारी दिएका छन् ।

पिडितहरुमा पाँचथर जिल्लाको फिदिम नगरपालिका वडा नम्बर ६ निवासी देबि तुम्रोकको पाँच बर्षिय छोरा नुगेन तुम्रोकलाई मृगौलामा क्यान्सर भएको छ् भने झहरमान तुम्रोकको छोरी हरिमाया तुम्रोकको टाउकोमा रगत जमेको छ । सोही नगरपालिकामा बस्ने अर्की पिडित अमृता राईलाई ब्रेन ट्युमर भएर आँखाको ज्योती समेत गुमाई सकेकी छन् ।

आर्थिक अवस्था कमजोर रहेका उनीहरु एउटै वडाका वासिन्दा हुन् । तिनैजना बिरामीहरुलाई उपचार खर्च अपुग भएकोले देशबिदेशबाट आर्थिक सहयोग संकलन अभियान थालिएको बताईएको छ ।

संयोजक तुम्रोकले देश तथा बिदेशमा बस्ने नेपालीहरु मिलेर पीडित तिनैजनालाई सक्दो आर्थिक सहयोग गर्न हार्दिक अपिल समेत गरेका छन् । सहयोग गर्न इच्छुक हुनेले दिल कुमार तुम्रोकको मोबाईल नम्बर +601139511229 बिष्णु राज तुम्रोकको +६०११३९२७२०३२ मनकुमार तुम्रोकको +601161444072 र शुक्रराज तुम्रोकको मोबाईल नम्बर +60167439327 मा सम्पर्क गर्न सकिने पनि जनाईएको छ ।

Loading...