अर्जुना राईको ” रिसाउलान् सुन्दा कुरा ” बोलको गीत सार्वजनिक
काठमाडौ- गायिका अर्जुना राईको ” रिसाउलान् सुन्दा कुरा ” बोलको गीत सार्वजनिक भएको छ। चर्चित गीतकार विरेन्द्र राईको शब्द रचना र चर्चित संगीतकार विक्रम राईको संगीतमा उक्त गीत सार्वजनिक भएको हो। उक्त गीतको एरेन्ज भने विषम आचार्यले गरेका छन्।
मिठो स्वरको धनि गायिका अर्जुना राईको यो भन्दा अगाडि पनि दर्जनौ गीतहरु युट्युब मार्फत सार्वजनिक भइसकेका छन्।
सार्वजनिक गीतको भिडियोमा गायिका आफै फिचर्ड छिन्। सनम तामाङ्गले छायांकन गरेको उक्त गीत म्युजिक जन्क्सन नामक युट्युब मार्फत सार्वजनिक भएको छ।
गीतको भिडियो यहाँ हेर्नुहोला