कल्पना आङबुहाङको “जालहारी” गीतको म्युजिक भिडियो सार्वजनिक

0 492

काठमाडौ / गीतकार कल्पना आङबुहाङको बाह्रमासे गीति एल्बममा समाहित “जालहारी” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। निर्देशक तथा कलाकार हाङ चेम्जोङले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा सुन्दर खवास र विपना आङबुहाङले अभिनय गरेका छन् भने ईशाक जबेगुले छायांकन गरेका हुन्। कल्पना आङबुहाङको शब्द रचनालाई मनोज साङसोङले संगीत गरेका हुन् भने स्वर रचना रिमाल र प्रविण भेडवालको रहेको छ।

चलचित्र विकास बोर्डको हलमा सम्पन्न कार्यक्रममा राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई प्रमुख अतिथि रहेका थिए भने अन्य कलाकार समाजसेवी लगायतका उपस्थिति रहेको थियो।

क्यान्सर रोग संग जुधी रहेकी गीतकार कल्पनाको यो भन्दा अगाडि पनि दर्जनौ गीतहरु सार्वजनिक भइसकेका छन् भने अन्य गीतहरु आउने क्रममा रहेका छन्।

कार्यक्रम संचालकको भूमिका निभाएका याशेली योङहाङले कार्यक्रमलाई अत्यान्तै सरल ढंगले भावनामा तरंगीत बनाएका थिए। याशेलिले कार्यक्रम संचालन गरि रहदा कार्यक्रम हलमा उपस्थित सम्पूर्ण नोस्टाल्जिक र भावुक बनेका थिए।
भिडियो यहाँ हेर्नुहोला

कार्यक्रमको पुरा भिडियो

Loading...