नेपालकी छोरी चाईनाकी बुहारी र फुलन्देको आमाको म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

0 1,251

काठमाडौ – गायिका सुमित्रा राईको स्वरमा तामाङ्ग सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ साहित्यकार ब्याकुल माईलाको शब्द रचनामा रहेको “माईतीलाई माया मारेर” बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो । जसिहाङ्ग राईले संगीत गरेको यो गीतलाई पवन वाङ्ग लामाले एरेञ्ज गरेका छन् ।

चाईनिज युवा संग बिबाह गरेर बिगत एक दशक भन्दा लामो समयदेखि चाइनामै बस्दै आएकी शकुन्तला राईले अभिनय गरेकी छन् भने शकुन्तलाको जोडीको रुपमा उमेश राई “फुलन्देको आमा” रहेका छन् ।

गङ्गाराम राईले छायांकन र सम्पादन गरेको यो म्युजिक भिडियोलाई देवराज गुरुङले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा शृंगार भने बिक्रम गौतमको रहेको छ ।

पछिल्लो समयमा मागेर भन्दा भागेर बिबाह गर्ने चलन बढ्दै गएको अवस्थामा भागेर हैन, रितैले मागेर बिबाह गर्नु राम्रो भन्ने गीतले संदेश दिएको छ । म्युजिक भिडियोको नायिका शकुन्तला राईको डेब्यु म्युजिक भिडियो भए पनि निक्कै उत्कृष्ट अभिनय गरेकी छन् भने उमेश राई “फुलन्देको आमा” को अभिनय बेजोड रहेको छ ।

म्युजिक भिडियोको मेकिङ्ग पक्ष पनि राम्रै रहेको यो म्युजिक भिडियो बाट निर्माण पक्षले राम्रै आशा पनि राखेका छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

ब्याकुल माईला र शकुन्तला राई संग गरिएको कुराकानी

Loading...