भोइस अफ नेपाल बाट आउट भएकी रिता राई र आइएमई लोक स्टारको उप विजेता बिनोद दनुवारको स्वरमा “गाईघाट बजार”
काठमाडौ – भोइस अफ नेपालको सिजन २ बाट आउट भएकी रिता राई र आइएमई लोक स्टारको उप विजेता बिनोद दनुवारको स्वरमा पूर्वेली लोक लयमा रहेको “गाईघाट बजार” सार्वजनिक भएको छ । दृष्टि बिहिन भएर पनि निक्कै मिठो गीत गाउन सक्ने रिताले भोइस अफ नेपालमा सबैको सहानुभूति पाएकी थिइन् ।
सार्वजनिक गीत “गाइघाट बजार” को शब्द रचना मंगल राईले गरेका हुन् । मंगल राई विगत लामो समय देखि मकाउमा बस्दै आएका छन् । निकेश राईको संगीत रहेको यो गीतको एरेन्ज भने अर्का दृष्टि बिहिन गायक, संगीतकार तथा एरेन्जर कृष्णभक्त राईले गरेका छन् । रेकर्ड र मिक्सिङ्ग भने मुस्कान मुकारुङ्गले गरेका हुन् ।
गीतको बोल “गाईघाट बजार” भए पनि पुर्वको अधिकांश जिल्ला र स्थानहरुको नाम समेटिएको छ ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा निकेश राई, शुस्मा राई, दुर्गा बान्तावा राई, रोमना जेरुङ्ग राई, गोबिन्द चेम्जोङ्ग, तिरुसा चम्लिङ्ग राई , कनज राई र चित्र मगरले अभिनय गरेका छन् ।
दुर्गा बान्तावा राई, मनोज राई र किरण रसकाले छायांकन गरेको म्युजिक भिडियोलाई मनोज राईले सम्पादन गरेका हुन् भने निकेश राई, शुस्मा राई र दुर्गा बान्तावा राईले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा मकाउ बाट मंगल राईको सक्रियतामा, हंगकंग बाट पविता पुमा राईको सक्रियतामा र वेलायत बाट रिता राईको सहयोगको लागि भनेर संकलन गरिएको दुई लाख भन्दा धेरै रकम पनि हस्तान्तरण गरिको थियो ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला