गायिका तेजवती जोशीको चुम्बक सार्वजानिक

0 1,027

काठमाडौ – गायिका तेजवती जोशी संगितमा सानै देखि रुचि राख्थिन् । विभिन्न सांगीतिक कार्यक्रममा तथा प्रतियोगीताहरुमा भाग लिदै संगीतलाई नै निरन्तरता दिने सोचमा २०५० सालदेखि शास्त्रिय संगीत सिक्न थालिन् र यसलाई अहिले सम्म पनि निरन्तरता लागिरहेकी छन् ।

उनले २०६८ सालमा त्रिभुवन विश्व विद्यालयको ललित कला क्याम्पस बाट स्नात्तकोत्तर उत्तीर्ण गरेकी छन् । विभिन्न गीतहरु गाइसकेकी तेजवती जोशीले एल्वम बशन्त बहारको चुम्बक बोल रहेको म्युजिक भिडियो TLN Media बाट सार्वजानिक गरेकी छन् । जसमा अभिनय सुनिल क्षेत्री एलिशा शर्मा र Nepali Thithoes ले गरेका छन् । गीतको भिडियो हेर्दा उकदमै उत्कृट बनेको छ यो । यो गीतले सबैको मन जित्नेमा उनि आशावादी छिन ।

टेकेन्द्र नेपालीको शब्द संगीत रहेको यो गीतमा एरेन्ज संजिव बराईली र मिक्सिङ्ग प्रकाश मिश्रले गरेका छन् । काब्य धामीको शृंगार विकास खड्काको कोरियोग्राफ रहेको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेका हुन् । विकास ज्ञवालीले सम्पादन गरेको म्युजिक भिडियोलाई सुनिल क्षेत्रीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोस

Loading...