अन्जु पन्तको स्वरमा रहेको मेलोडियस गीतको म्युजिक भिडियो सार्वजनिक

0 1,391

काठमाडौ – चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको मेलोडियस गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगान्त भाव रहेको यो गीतको म्युजिक भिडियो पनि निक्कै राम्रो बनेको छ ।

राजमान खालिङ्ग “स्पर्श”को शब्द रचनामा रहेको यो गीतलाई अनिल कोयी राईले संगीत गरेका हुन् । बिष्णु अधिकारीले एरेन्ज गरेको यो गीतलाई चन्द्र चौधरीले मास्टरिङ्ग गरेका हुन् ।

शशिकला राई र हित शंकर कुलुङ्गले अभिनय गरेको यो गीतको म्युजिक भिडियोमा कल्पना राईले शृंगार गरेकी हुन् भने दिनेश पराजुलीले छायांकन गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई उत्तर राना मगरले सम्पादन गरेका हुन् ।

पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनको साथमा तेली चलचित्र निर्देशनमा ब्यास्त रहेकी कृष्टि किराती लिसराले निर्देशन गरेको यो म्युजिक भिडियो निक्कै राम्रो बनेको छ । गीतको शब्द अनुसार मेलोडी रहेको छ भने मेलोडिलाई म्युजिक भिडियो निर्देशक लिसराले न्याय दिएकी छन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

 

Loading...