राम जी खांड र सलिना नेपाली गोरखपुर रेलमा
काठमाडौ – हिन्दु नारीहरुको महान चाड तिज नजिकिदै जाँदा मोडल तथा गायिका सलिना नेपाली अभिनित “गोरखपुर रेल” बोलको तीज गीत बजारमा आएको छ । लोक भाकाहरुमा निकै जम्दै आएकी सलिनाले यो भन्दा अगाडि पनि थुप्रै गीतहरु बजारमा ल्याई सकेकी छन् । हालै सार्वजनिक भएको “गोरखपुर रेल” बोलको तीज गीतमा गायिका मन्जु भट्टराई र बशन्त लम्सालको स्वर रहेको छ भने सुर्य पुर्वाछाने मगर, विश्वास नेपाल र साथीहरुले साथ दिएका छन् ।
गीत गायन तथा शब्द रचना गर्दै आएकी बसन्त लम्सालको यो भन्दा अगाडि “घाउँ बल्झाउन” बोलको गीत निक्कै स्रोता दर्शकहरुले निक्कै मन पराएका थिए । गायिका मन्जु भट्टराईको पनि यो भन्दा अगाडि थुप्रै गीतहरु बजारमा आईसकेका छन् । तीजमा हिन्दु नारीहरु नाच्दै गाउदै रमाईलो गर्ने हुँदा यो सार्वजनिक यो गीतले नारीहरुको मन जित्ने आशा गरिएको छ ।
बिक्की कुँवरको शब्द संकलनमा बसन्त लम्सालले लय संकलन गरेका हुन् भने यो गीतको एरेन्ज विश्वास नेपालले नै गरेका छन् । सुमन रानाले रेकर्ड गरेको गीतलाई कुमार रानाले मिक्सिंग गरेका हुन् ।
राम जी खांड, सलिना नेपाली, विश्वास नेपाल र साथीहरुले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई अजय रेग्मीले छायांकन गरेका हुन् । दिपक विष्टले सम्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई कोरियोग्राफ र निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला