तुलसा लिम्बुको “सम्झनाले “
काठमाडौ – गायिका तथा मिस पुर्वाञ्चल तुलसा लिम्बुको स्वरमा ‘ सम्झनाले ‘ बोलको लिरीकल भिडियो तुलसा लिम्बुको आफ्नै यु ट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
सम्झना ओलीको शब्द,संगीतमा गायिका लुलसा लिम्बुको आवाज रहेको उक्त गीतमा नोर्बु शेर्पाले संगीत संयोजन गरेका छन् । सुमधुर आवाजकी धनी गायिका तुलसा लिम्बू ८ बर्ष यता निरन्तर संगीतमा लागिरहेकी छन् । हाल सम्म आफ्नै एल्बमको ६ वटा र कलेक्सन १० वटा गीत रेकर्ड गरी सकेकी गायिका तुलसा एउटा परिचयको लागी पनि एल्बम निकाल्नु पर्ने बताउछिन् ।
गाउने मात्र नभएर अभिनयमा पनि उत्तिकै अब्बल छिन् तुलसा । हालसम्म उनले आफ्नो गीतहरूको म्युजिक भिडियोहरूमा समेत आफै फिचरिङ्ग गरेकी छन् भने सन् २०१६ मिसेस पुर्वाञ्चल बिजेता समेत हुन् । तुलसा गायन मात्रै नभएर नृत्यमा समेत दक्षता राख्छिन् । हाँस्य टेलि श्रृंखला एकादेशको चुरीफुरीमा समेत लिम्बुनीको भुमिकामा तुलसाले अभिनय गरी रहेकी छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला