गजल

0 666

मसानघाट जस्तो, तिम्रो घरमा आउनु नपरोस
दुखि रहेको मेरो मुटु, तिम्रो सामु सार्नु नपरोस

संगै चल्ने जीवनका यी हाम्रा दुई पाङ्ग्राहरु
जबरजस्ती कदमहरू, हामीले फार्नु नपरोस

जिवन कालका यादहरु सम्झि सम्झि साच्चै
त्यो नयनबाट आँशु, कहिल्यै झार्नु नपरोस

म मरेको खबर पक्कै आउला तिमीलाई
खबर सुनि आँशुले, आँखालाई टार्नु नपरोस

चिता माथि दन्किरहेको लास जल्दै गर्दा खेरि
तिमी एक्लो सोच्दा, जीवन देखि हार्नु नपरोस

मसानघाट जस्तो तिम्रो घरमा आउनु नपरोस
दुखि रहेको मेरो मुटु तिम्रो सामु सार्नु नपरोस

लोहोरुङ सेम्माङ

Loading...