Browsing Category

ब्यानर न्युज

प्रकृतिको उपहार प्रकृति थलङलाई क्यामेरामा सजाउदा (फोटो फिचर र भिडियो सहित)

ईन्द्र जिजीबिषा ताप्लेजुङ्गको पाथिभरा याङ्वारोक १ नाङखोल्याङमा जन्मिएर नेपाली गीत-संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेकी गायिका हुन् प्रकृति थलङ । उनले पुर्वाञ्चल सिङगिङ स्टार २०७१ सालमा जितेपछि प्रकृति थलङको गहकिलो पाइलाहरु सांगीतिक क्षेत्रमा अगाडि बढेको हो ।उनले आजसम्म दर्जनौ गीतहरुमा आफ्नो कोकिल कण्ठ आवाजले सजाई सकेकी छिन् । गायिका प्रकृति थलङको पारिवारिक पृष्ठभूमि नै संगीतमय रहेको छ । उनको दुई दाजुहरु कुशल थलङ र कन्चन थलङ पनि यहि गीत-संगीतको क्षेत्रमै सक्रिय रहेका छन् । यसको कारण पनि प्रकृति थलङलाई…

मिस मंगोलको भोटिङ्ग राउण्डमा जाङमु इन शेर्पा, यसरी गर्न सकिन्छ भोट

ईन्द्र जिजीबिषा /  काठमाडौ - संखुवासभामा जन्मिएर पछिल्लो समय मोडलिङ्ग तथा कार्यक्रम प्रस्तोताको रुपमा चिरपरिचित नाम हो जाङमु इन शेर्पा । ११ वर्षको उमेरमै  ‘मिस किड क्विन नेपाल’ मा भाग भएकी जाङमु इन शेर्पाले त्यतिबेलै देखि आफ्नो क्षमता वृद्धि गरेकी हुन् । त्यसपछि उनले विभिन्न थुप्रै ब्युटी प्याजेन्टमाहरुमा  सहभागी हुँदै दुई दर्जन भन्दा बढी म्युजिक भिडियोहरु लगायत थुप्रै टेलि चलचित्रहरुमा पनि काम गरिसकेकी छन् । एक्सन इन्टरटेन्मेण्टको आयोजनामा भईरहेको ‘मिस मंगोल २०१८’ का लागि टप १९ मा परेकी जाङमु इन शेर्पालाई  उपाधि दाबेदारको…

नेपाल प्रज्ञा प्रतिष्ठानको चार बर्षे कार्य विवरण र सम्पादन

ईन्द्र जिजीबिषा / काठमाडौ - नेपाल प्रज्ञा प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर आफ्नो कार्यकालको कार्य प्रगति र सम्पादन गरेका कार्यहरुको विषयमा जानकारी गराएको छ । २०७१ साल भाद्र २० गते ४ बर्षका लागि नियुक्त भएको वर्तमान प्राज्ञ परिषदको अवधि २०७५ साल भाद्र १९ गते सकिदै छ । आफ्नो कार्यकालमा गरिएका प्रगति विवरणको जानकारी गराउन उक्त पत्रकार सम्मेलन गरिको थियो । प्रज्ञा प्रतिष्ठानको लागि आ.व २०७५/७६ को लागि १७ करोडको बजेट स्वीकृत भएकोमा हाल १९ करोड ९३ लाखको लागतमा प्रज्ञा प्रतिष्ठानको मूल भवन निर्माण भईरहेको र यो पुरा हुन अन्तिम…

किरात राई विद्यार्थी संघले २० औं स्थापना दिवस भव्यताको साथ मनायो

काठमाडौ - काठमाडौंको कोटेश्वरस्थित किरात राई यायोक्खा परिसरमा ‘लिम्चुङबुङ’को विरुवा रोपेर किरात राई विद्यार्थी संघले २० औं स्थापना दिवस मनाएको छ । ‘पूर्ण संघीयता र व्यवहारिक शिक्षाको लागि विद्यार्थी आन्दोलन, किरात स्वायत्त राज्य निर्माण गर्न गाउँगाउँ जागरण अभियान’ भन्ने मूल नारा रहेको थियो । लिम्चुङबुङलाई किरातीहरुले प्रेमको प्रतिकको रुपमा मान्दै आएका छन् । यो एक प्रकारको जंगलमा पाईने सुगन्ध युक्त वनस्पति हो । संघले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरेको थियो । जसमा दुई दर्जनभन्दा बढीले रक्तदान गरेका थिए ।…

“खुर्सानी डल्ले”मा विल्सन,रेखा, रामचन्द्र,सुरवीर,अरुणा, कुल्फिवाला एकैसाथ (भिडियो सहित)

ईन्द्र जिजीबिषा / काठमाडौ -चर्चित गायक भिषण मुकारुङको ‘खोर्सानी डल्ले’को म्युजिक भिडियो सार्वजानिक भएको छ । किरात संस्कृतीको सेरोफेरोमा रहेर निर्माण गरिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । "खोर्सानी डल्ले" पुर्वेली ठेट लोक भाकामा रहेको छ । भिषण मुकारुङकै शब्द, संगीत, स्वर रहेको उक्त म्युजिक भिडियो निक्कै राम्रो बनेको छ । यो गीतको एरेन्ज भने राजु कार्कीले गरेका हुन् । सुदुर पुर्व तिर परम्परादेखि चल्दै आएको संस्कृतिलाई जस्ताको त्यस्तै सर्लक्कै देखाईएको उक्त म्युजिक भिडियोमा हाँस्य कलाकार वील्सन बिक्रम राई,…

हुलाक टिकट हिनामिना गरेको अभियोगमा तिलबहादुर राई जेल चलान

सोलुखुम्बु - सोलु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वार्ड नं. ९ साबिक (लोखिम गा.बि.स.) का तिल बहादुर राईलाई सार्वजनिक हुलाक टिकट हिनामिना गरेको अभियोगमा जेल चलान गरिएको छ । तत्कालीन पञ्चायत कालमा तिलबहादुर राईले हुलाक टिकट हिनामिना गरेका थिए, भने उनलाई सोलुखुम्बु जिल्ला अदालतले दोषी ठहर गरि २ वर्ष कैद र १२८ रुपैया जरिवानाको फैसला गरेको थियो । तर पञ्चायत काल देखि अहिलेसम्म लुकिछिपि बस्दै आएका राईलाई केही साता अघि काठमाडौंको नारायणथानबाट पक्राउ गरि जेल चालन गरिएको हो ।

सिता राईको सुन्दरतालाई तस्विरमा उतार्दा (फोटो फिचर)

ईन्द्र जिजीबिषा "डमरुको डण्डीबियो" र "अमेरिकन ब्वाईज" जस्ता ठूलो पर्दाको चलचित्र र आधा दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरि सकेकी नायिका तथा मोडल सिता राई पछिलो समयमा सबैको नजरमा पर्दै गएकी छन् । ओखलढुङ्गामा जन्मिएर काठमाडौमा संघर्षरत सिता राई निकै सुन्दर अनि सालिन पनि छिन् । उनि जति सुन्दर छिन् त्यति नै फ्रान्क अनि चंचली पनि छिन् । खुलेर कुरा गर्ने र लाज नमान्ने उनको अर्को सवल पक्ष हो । उनि चाडै सबै हरेक प्रकारका व्याक्तिहरु संग घुलमिल हुन सक्छिन् । यसैको फलस्वरुप उनि दिन दिनै कलाकारिता क्षेत्रमा व्यास्त बन्दै…

गृह मन्त्री वादललाई ईराकको सद्दाम हुसेन बनाईदैछ या बन्दैछन् ?

काठमाडौ - नेकपा माओवादीका संयोजक गोपाल किरातीले गृह मन्त्री वादललाई ईराकको सद्दाम हुसेन बनाईदै छ या बन्दैछन् भनेर प्रश्न गरेका छन् । देशमा पछिल्लो समयमा हत्या, हिंसा जस्ता अपराध बढे संगै गृह मन्त्रीको राजीनामाको चर्चा चलेपछि नेता किरातीले उक्त प्रश्न गरेका हुन् । नेता किराती भन्छन् ,१९९० को युद्धमा ईराकका तत्कालिन राष्ट्रपति सद्दाम हुसेनसँग ईसिएम प्रविधि थियो । जसले आउदै गरेको दुश्मनको जहाज ,त्यसको भार–क्षमता ,उचाई र गति समग्र बताउथ्यो र इराकी सेनाले अचुक निसाना मार्दै दुश्मनको जहाज खसालेर जित्थे । तर ईसिएमलाई निष्तेज…

विभिन्न कार्य योजना सहित “गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल” स्थापना

काठमाडौ- "गोर्खा सिमेट्रिज ट्रष्ट नेपाल" को नेपालमा आधिकारिक संस्थाको स्थापना भएको छ । प्रथम र दोस्रो विश्वयुद्धका साथै विभिन्न युद्धमा गोर्खा सैनिकहरुले युद्ध लडेर ज्यान गुमाएका, अपाङ्ग र जीवितहरुको विवरण तयार पारेर युद्धमा सहादत प्राप्त गरेका गोर्खाली सेनाहरुको चिहान पहिचान गरि के-कस्तो अवस्थामा रहेको जानकारी लिन दिनको लागि यो संस्था स्थापना भएको बताईएको छ । ललितपुरमा बसेको भेलाले सितोरियो करातेका प्रशिक्षक र राष्ट्रिय खेलकुद समिति सानका उप-निर्देशक महेन्द्र कुमार राईको अध्यक्षतामा १ जना आमन्त्रित सदस्य सहित १४ सदस्यीय…

कन्चनपुरमा गोलि चल्यो

काठमाडौं ७ भदौ - कञ्चनपुरमा बलात्कारपछि हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरु माथि प्रहरीले गोली चलाएको छ । १३ वर्षकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई उन्मुक्ति दिन खोजेको भन्दै प्रहरी कार्यालयबाहिर प्रदर्शनमा उत्रिएकाहरुमाथि बिहीबार प्रहरीले गोली चलाएको थियो ।