सिता राईको सुन्दरतालाई तस्विरमा उतार्दा (फोटो फिचर)

0 2,525

ईन्द्र जिजीबिषा
डमरुको डण्डीबियो” र “अमेरिकन ब्वाईज” जस्ता ठूलो पर्दाको चलचित्र र आधा दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरि सकेकी नायिका तथा मोडल सिता राई पछिलो समयमा सबैको नजरमा पर्दै गएकी छन् । ओखलढुङ्गामा जन्मिएर काठमाडौमा संघर्षरत सिता राई निकै सुन्दर अनि सालिन पनि छिन् ।

sita rai

उनि जति सुन्दर छिन् त्यति नै फ्रान्क अनि चंचली पनि छिन् । खुलेर कुरा गर्ने र लाज नमान्ने उनको अर्को सवल पक्ष हो । उनि चाडै सबै हरेक प्रकारका व्याक्तिहरु संग घुलमिल हुन सक्छिन् । यसैको फलस्वरुप उनि दिन दिनै कलाकारिता क्षेत्रमा व्यास्त बन्दै गईरहेकी छन् ।

ललितपुरमा रहेको बेरी जोहन एक्टिङ्ग स्कुलमा अभिनय सिकिरहेकी सिता राई सन् २०१६को मिस राई फस्ट रनर अप र मिस ट्यालेण्टको उपाधि विजेता पनि हुन् । त्यसको फलस्वरुप थुप्रै कुराहरु आफूले सिकेकी बताउछिन् नायिका तथा मोडल सिता राई ।

sita

सानै देखि नाच्दै आएकी सिता राई आफू नाच्नकै निम्ति जन्मिएको हुँ कि जस्तो लाग्ने बताउछिन् । सानोमा विद्यालयमा पढ्दा नै नाचेरै धेरै पुरस्कारहरु जित्ने गरेकी थिईन् । त्यतिबेला रेखा थापाको फ्लिमहरु धेरै हेर्ने उनि, पछि नायिका नै बन्छु भन्ने उदेश्य लिएकी थिईन् । आफ्नो उदेश्य पुरा गर्नकै निम्ति पछि काठमाडौ आएकी सिता राई अहिले आफ्नो चाहना, उदेश्य पुरा भएकोमा दङ्ग पनि छिन् ।

आफूलाई भड्किलो जीवन भन्दा साधा र सरल जीवन नै उत्तम लाग्ने बताउछिन् । खानुमा यो त्यो भन्दा पनि साधरण नेपाली खानाहरु नै मन पर्ने बताउछिन् । अमिलो र थोरै पिरो भएको जंक फुड पनि कहिले काही खाने गरेको बताउछिन् ।

वाम्बुले किरात राई परिवारमा जन्मिएकी सीतालाई आफ्नो संस्कार संस्कृति पनि उतिकै प्यारो लाग्छ । तर अरुको संस्कार संस्कृतिलाई पनि उनि उतिकै सम्मान गर्ने बताउछिन् । नयाँ ठाउँ घुम्ने उनको अर्को चाहना हो ।

कोरियन चाड छुसुकमा दक्षिण कोरिया सांगीतिक टुरमा जादै गरेकी सिता राई दक्षिण कोरियामा धमाका मच्याउने सुरम रहेकी छन् भने उनको नयाँ म्युजिक भिडियो पनि बजारमा चाडै आउदैछ ।


Loading...