आभा मुकारुङ्ग र हेमन्त चेम्जोङ्गको स्वरमा “झिलमिल तारा” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ - चर्चित गायिका आभा मुकारुङ्ग र हेमन्त चेम्जोङ्गको स्वरमा "झिलमिल तारा" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। "कता हिडेको, कसलाई खोजेको" जस्ता दर्जनौ लोकप्रिय गीतहरु गाएर चर्चामा रहेकी गायिकाको यो अर्को गीत सार्वजनिक भएको हो। गायिका हाल अमेरिकामा बस्दै आएकी छन्।
नरदेवी राईको शब्द रचनामा रहेको उक्त गीत हेमन्त चेम्जोङ्गले संगीत गरेका छन्। सार्वजनिक गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने मिक्सिङ्ग मास्टरिङ्ग विप्लव अधिकारीले गरेका हुन्।
सार्वजनिक म्युजिक भिडियोमा निराजन प्रधान र सुनिशा बजगाईंले अभिनय गरेका छन्।…