सरगम राई र समृद्धि परियारको “फरिया चोली” बोलको गीत सार्वजनिक

0 932

काठमाडौ – बाल कलाकार द्वय सरगम राई र समृद्धि परियारको “फरिया चोली” बोलको गीत सार्वजनिक भएको छ। भोइस अफ नेपाल किडसको टप २४ बाट बाहिरिए पछि बाल कलाकार द्वय सरगम राई र समृद्धिको पहिलो गीत सार्वजनिक भएको हो। भोइस अफ किडसको बलियो प्रतिश्पर्धी हुदा हुदै पनि भोटकै कारण बाहिरिएका थिए कलाकार द्वय सरगम राई र समृद्धि परियार ।

सार्वजनिक गीतको शब्द रचना रेकर्डिस्ट सुवाश कुथुमि राईले गरेका हुन् भने संगीत चर्चित संगीतकार सुमन राईले गरेका छन् । ए लेभल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई रेकर्ड, मिक्सिङ्ग मास्टरिङ्ग भने एस के ले गरेका हुन्।

गायिका द्वय सरगम र समृद्धि आफैले फिचरिङ्ग गरेको यो गीतको भिडियोलाई निर्जला लामाले कोरियोग्राफी र सोनी राईले शृंगार गरेकी हुन्। छायांकन र सम्पादन भने सुमन मगरले गरेका हुन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...