“आइ लभ यु” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ– दुतराज लामा र जितु लोप्चनको स्वरमा “आइ लभ यु” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भक्तपुर स्थित तोङबा स्टेशनमा अन्तराष्ट्रिय तामाङ परिषदको उपाध्यक्ष टासी लामाको प्रमुख आतिथ्यतामा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
कुमार स्याङ्ग्वोको शब्द रचनामा रहेको उक्त गीतमा दुतराज लामाले नै संगीत गरेका हुन् । सार्वजनिक गीतमा बुद्ध स्याङ्ग्वोको एरेन्ज र दिपेश प्रधानले मिक्सिङ्ग गरेका छन्।
तामाङ्ग भाषाको प्रेमिल गीतको म्युजिक भिडियोमा लाक्पा लामा र पुर्णिमा लामाले अभिनय गरेका छन्। विवेक लामाले छायांकन र सम्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई विवेक लामाले नै म्युजिक भिडियोको निर्देशन पनि गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै टासी लामाले “तामाङ समुदायको भेषभुषालाई प्रबर्द्धन गर्नका लागि तामाङ म्युजिक भिडियोहरुले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । आजको आधुनिक युगमा भाषाको विकास सँगै माया प्रतिको मिश्रणले पनि अदृष्य रुपमा संस्कृतिको नेतृत्व गरिरहेका छ । त्यसकारण म्युजिक भिडियोले अवश्य नै तामाङ समुदायको हितका लागि केहि न केहि सन्देश दिएको बताए ।
कार्यक्रमको विशेष अतिथि अमित लामाले अहिलेको राजनीतिक परिवेशमा भाषिक, संस्कृतिक र मौलिकता बोकेको गीत संगीतको आवश्यकता रहेको बताए । राजनीतिले जे जति सफलता पाएता पनि भाषा, संस्कृतिको प्रवर्द्धन गर्न सकेन भने राजनीतिक सफलताले उचाई लिन नसक्ने दाबी गरे । यसैगरी नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविण बलले अंग्रेजीमा आई लभ यू भनेता पनि तामाङ भाषामा म तिमीलाई माया गर्छु भन्न खोजेको होला भनेर पत्रकार मिलन लामा दोङको प्रश्नलाई चिर्न खोजेका थिए ।
गायक दुतराज लामालाई १५ वर्षको कलिलो उमेरमा नै ब्योन म्यारो सम्बन्धि समस्या भएको थियो । कार्यक्रम संचालक सुदिन दोङले ब्योन म्यारो पीडित रविन्स लामालाई पनि बचाउन अनुरोध गरेका थिए ।
पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय तामाङ घेदुङको महासचिव प्रविण बल, युवा संघ नेपाल (एमाले) का केन्द्रिय उपाध्यक्ष अमित लामा, र युवा नेता राकेश लामा ब्लोन विशेष अतिथि रहेका थिए ।




म्युजिक भिडियो यहाँ हेर्नुहोला