जानु काम्वाङ्ग लिम्बुको “जुन जस्तो मुहार” बोलको गीत सार्वजनिक

0 719

काठमाडौ- गीतकार जानु काम्वाङ्ग लिम्बुको “जुन जस्तो मुहार” बोलको गीत सार्वजनिक भएको छ। लोक प्रिय गायक दिपक लिम्बु र चर्चित गायिका जुनु राईको स्वरमा उक्त गीत सार्वजनिक भएको हो।

गीतकार जानु काम्वाङ्ग लिम्बुले “बेची दिन्थे यो जवानी , किन्ने कोहि भै दिए” जस्ता सयौ गीतहरुको शब्द रचना गरि सकेकी छन् ।

सार्वजनिक उक्त गीतमा चर्चित संगीतकार सुमन राईले संगीत गरेका हुन् भने गोबिन्द सोनीको मिक्सिङ्ग मास्टरिङ्ग र चर्चित एरेन्जर राजु कार्कीले एरेन्ज गरेका हुन्।

क्रिष्टिना थापा र कुन्साङ्ग बोम्जनले अभिनय गरेको यो गीतको म्युजिक भिडियोमा युगल पोमो र सल्मोन तामाङ्गले कोरियोग्राफी र नन्दा अधिकारीको शृंगार गरेका हुन्। बुद्ध थापा मगरले छायांकन गरेको यो म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन र युगल पोमोले निर्देशन गरेका छन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...