“सपना त सपनै हो” बोलको गीत सार्वजनिक

0 786

काठमाडौ – “सपना त सपनै हो” बोलको गीत सार्वजनिक भएको छ। गायक भगवान चाम्लिङ्गको स्वरमा उक्त गीत सार्वजनिक भएको हो । गायक चाम्लिङ्ग लामो समयदेखि वेलायतमा बस्दै आएका छन् भने एक राजनीतिज्ञ पनि हुन्।

सार्वजनिक गीतको शब्द रचना ईन्द्र जिजीबिषाले गरेका हुन्। गीतकार जिजीबिषा पत्रकारिता क्षेत्रमा सक्रिय छन्। उक्त गीतको संगीत बरिष्ठ संगीतकार डक्टर किरातले गरेका छन्। डक्टर किरातले सयौ गीतको शब्दमा संगीत भरेका छन् भने नयाँ मार्गी संगीत एकेडेमी संचालन गरेर संगीत प्रशिक्षण पनि गराउदै आएका छन्।

सार्वजनिक गीतको भिडियो खोपी इन्टरटेन्मेण्टका सुमन मगरले छायांकन तथा सम्पादन गरेका हुन्।

गीतको भिडियो यहाँ हेर्नुहोला

Loading...