बबिता राई अनुमाको स्वरमा “कान्छीलाई ” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – चर्चित गायिका बबिता राई अनुमाको स्वरमा “कान्छीलाई ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। केहि दिन अगाडि मात्रै “तिमी वारी म पारी” बोलको गीत सार्वजनिक गरेकी अनुमाले “कान्छीलाई” बोलको नयाँ गीत सार्वजनिक गरेकी हुन्।
सार्वजनिक गीतमा बबिता राई अनुमा र संजीत श्रेष्ठको स्वर रहेको छ। डीबी लामाले शब्द रचना गरेको यो गीतलाई संगीत पनि लामाले नै गरेका छन् । आमोस तामाङ्गको एरेन्ज, महेश्वर राजभन्डारी मिक्सिङ्ग मास्टरिङ्ग रहेको गीतलाई डिजे मेवाहाङ्गले रेकर्ड गरेका हुन् ।
सरोज प्रजा र बिणा राउतले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई दिनेश पराजुलीले छायांकन बिक्रम गौतमको शृंगार डीबी लामाले निर्माण गरेका हुन्।
रोकेश दाहालले सम्पादन गरेको म्युजिक भिडियोको साजन कटेलले निर्देशन गरेका हुन्।
म्युजिक भिडियो यहाँ हेर्नुहोला