आभा मुकारुङ्ग र हेमन्त चेम्जोङ्गको स्वरमा “झिलमिल तारा” बोलको म्युजिक भिडियो सार्वजनिक

0 338

काठमाडौ – चर्चित गायिका आभा मुकारुङ्गहेमन्त चेम्जोङ्गको स्वरमा “झिलमिल तारा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। “कता हिडेको, कसलाई खोजेको” जस्ता दर्जनौ लोकप्रिय गीतहरु गाएर चर्चामा रहेकी गायिकाको यो अर्को गीत सार्वजनिक भएको हो। गायिका हाल अमेरिकामा बस्दै आएकी छन्।

नरदेवी राईको शब्द रचनामा रहेको उक्त गीत हेमन्त चेम्जोङ्गले संगीत गरेका छन्। सार्वजनिक गीतको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने मिक्सिङ्ग मास्टरिङ्ग विप्लव अधिकारीले गरेका हुन्।

सार्वजनिक म्युजिक भिडियोमा निराजन प्रधान र सुनिशा बजगाईंले अभिनय गरेका छन्। अरुण न्यौपानेको सह छायांकन र भुपेन्द्र तुम्वाहाम्फेले छायांकन गरेको म्युजिक भिडियोमा सुवोल थापाको कोरियो ग्राफ रहेको छ।

म्युजिक भिडियोमा एक युवतीले सडकमा गुडी रहेको बसमा आफ्नो राजकुमार आएको कल्पना गर्छ। यहि बाट सुरु भएको भिडियो प्रेम रोमान्स हुदै कल्पनामै डुबेर भिडियोको अन्त्य हुन्छ। समग्रमा म्युजिक भिडियो उत्कृष्ट बनेको छ।

अनिल रानाले सम्पादन गरेको म्युजिक भिडियोलाई किरण चाम्लिङ्गले निर्देशन गरेका हुन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...