सरगम राई र इप्सिचुङ चाम्लिङको “एउटा कुरा” बोलको म्युजिक भिडियो सार्वजनिक

0 567

काठमाडौ – बालकलाकारद्वय सरगम राई र इप्सिचुङ चाम्लिङको स्वरमा रहेको “एउटा कुरा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। द भोईस अफ किड्स नेपालको सिजन -१ मा टप २४ सम्म पुग्न सफल सरगम राई र टप १६ सम्म पुग्न सफल इप्सिचुङ चाम्लिङको पहिलो डोयट गीत सार्वजानिक भएको हो।

सार्वजनिक गीतको शब्द रचना,संगीत सुमन राईले गरेका छन् भने एरेन्ज पनि सुमन राईले नै गरेका हुन् । उक्त गीतलाई ए लेभल रेकर्डिङ स्टुडियोमा सुवाश कुथुमिले रेकर्ड गरेका हुन्। मिक्सिङ्ग मास्टरिङ्ग भने गोविन्द सोनीले गरेका हुन्।

सार्वजनिक गीतको म्युजिक भिडियोमा बालापनमा हुने एक अवोध प्रेमलाई देखाईएको छ। माया प्रेम भन्ने उमेर पुगेकाहरुले मात्र हैन बालापनमा पनि एक अर्का प्रति माया हुन्छ भन्ने उक्त म्युजिक भिडियोमा देखाईएको छ। प्रेम आफैमा निश्चल हुन्छ, निश्छल हुन्छ अनि पबित्र हुन्छ। यहि प्रेमलाई यो म्युजिक भिडियोमा देखाईएको छ।

सार्वजनिक गीतको म्युजिक भिडियोमा गायक गायिका द्वय सरगम राई र इप्सिचुङ्ग आफैले फिचरिङ्ग गरेका छन्। सोनी राईले शृंगार गरेको उक्त म्युजिक भिडियोलाई मोहन कुमार “झिल्लु” ले छायांकन गरेका हुन्। म्युजिक भिडियोलाई सह निर्देशन र कोरियोग्राफ सुजन बज्राचार्य “खोपे” ले गरेका छन् भने सम्पादन र निर्देशन अनिल कुमार महर्जन मिस्टर “ग्लास” ले गरेका हुन्।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...