अमृता राई अभिनित “बग्न थाले म” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – मिस एण्ड मिसेस नेपाल २०२१ मा मिस ट्यालेन्ट टाइटल अवार्ड जितेकी अमृता राई अभिनित “बग्न थाले म” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस म्युजिक भिडियोमा निरोज ठाकुर अमृताको जोडीको रुपमा रहेका छन् । अमृता राईले यो भन्दा अगाडि विभिन्न टेलि सिरियलमा अभिनय गरि सकेकी छन्।
पूर्वी नेपालको मनोरम दृश्यमा छायांकन गरिएको म्युजिक भिडियो मिडिया कनेक्सन यु ट्युब च्यानल बाट सार्वजनिक गरिको हो।
डिपि खनालको शब्द रचनामा रहेको यो गीतमा देबेन्द्र बराल र अन्जु पन्तको स्वर रहेको छ। शंकर थापा “स्माईल” को संगीत, विश्व अधिकारीले एरेन्ज गरेको यो गीतलाई अशोक महर्जनले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन् भने विप्लब अधिकारीले रेकर्ड गरेका हुन्।
अरुणा लिम्बुले शृंगार गरेको म्युजिक भिडियोलाई छायांकन, सम्पादन जगत राना मगरले गरेका हुन्।
गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला