तायाहाङ्गमा राईको साकेला गीत “मौलिक हाम्रो पहिचान”को म्युजिक भिडियो छायांकन सम्पन्न

गैर किरातीको शब्द रचनामा किराती गीत

0 2,020

ईन्द्र जिजीबिषा / काठमाडौ – चर्चित गायिका तायाहाङ्गमा राईको साकेला गीत ” मौलिक हाम्रो पहिचान ” बोलको म्युजिक भिडियोको छायांकन सम्पन्न गरिएको छ । किरात माङ्गखिम सानो हातिवनमा छायांकन गरिएको म्युजिक भिडियो किरातिम्मा गायन समूह र किरातिम्पाहरु, नक्छुङ्ग प्रेम राई, गायिका तायाहाङ्गमा राईको आमा, दिदीहरु लगायत अन्यको फिचरिङ्ग रहेको छ ।

कोरियामा रहेर नेपाली साहित्य क्षेत्रमा कलम चलाउदै आएका गीतकार तथा विश्व नेपाली साहित्य समाज दक्षिण कोरियाका अध्यक्ष चन्द्र लामा अनुरागको शब्द रचनामा रहेको उक्त गीतलाई चर्चित संगीतकार शिव संगम राईले गरेका छन् । गीतकार चन्द्र लामा “अनुराग” आफू गैर किरात भएर पनि किराती संस्कार संस्कृतिमा आधारित गीतको शब्द रचना गरेका छन् । गीतकार चन्द्र लामा “अनुराग” यो म्युजिक भिडियोको निर्माता पनि हुन् । गायिका तायाहाङ्गमा राईको “कान्छी” गीति एल्बममा रहेको उक्त गीतको एरेञ्ज भने सुन्दर लामाले गरेका हुन् ।

“हाम्रो मौलिक पहिचान” गीतको म्युजिक भिडियोमा किरातिम्मा समुहका गायिका पार्वती राई, सरला राई, कला राई, बेनुका राई, राधा राई, मेनुका राई, ममता राई, निलम रोजु राई लगायत अन्य रहेका थिए भने गायक तथा संगीतकार रुप कुमार राई, गायक तथा संगीतकार राई नबिन, गायक तथा संगीतकार शिब संगम राई, रेवत राई, देबेस राई, दिपेश चाम्लिङ्ग, बिनोद बिक्रम राई,नरेन्द्र राई लगायतको फिचरिङ्ग रहेको छ ।

म्युजिक भिडियोको निर्देशन गायिका स्वयम् तायाहाङ्गमा राईले गरेकी हुन् । “मौलिक हाम्रो पहिचान” गीतको म्युजिक भिडियो छायांकन पश्चात सम्पादनमा पठाईसकिएकोले चाडै बजारमा आउने गायिका तथा उक्त म्युजिक भिडियोको निर्देशक तायाहाङ्गमा राईले बताएकी छन् ।

Loading...