एचटिएस ब्युटी सलुन संचालन, सरगमले काटिन रिबन

0 1,427

ललितपुर – गायक तथा संगीतकार सुमन राईको जीवन संगीनी सोनी राईले संचालन गर्ने एचटिएस ब्युटी सलुन आज उद्घाटन गरिएको छ । छोरी सरगमले रिबन काटेर उद्घाटन गरिएको उक्त सलुन आजै देखि संचालनमा आएको छ ।

ललितपुरको ठेचो टेम्पो पार्क नजिकै नयाँ निर्माणको क्रममा रहेको सिभिल होम प्रवेश द्वार संगै रहेको एचटिएस ब्युटी सलुनमा फेसियल,मेन्यु केयर, पदी केयर, हेयर कटिङ्ग, मेकअप, थ्रेडिङ्ग, मेहन्दी आर्ट, बडि मसाज, वाक्स, चलचित्र तथा म्युजिक भिडियोमा मेकअप लगायतका सेवा सुविधाहरु उपलब्ध रहेका छन् ।

विगत लामो समयदेखि ब्युटी सलुनमा काम गरेको अनुभव पश्चात आफ्नै ब्युटी सलुन संचालनमा ल्याएकी सोनी राईले अरु ब्युटी पार्लरमा भन्दा आफूले सस्तो सर्वशुलभ तरिकाले विभिन्न सेवा सुविधा उपलब्ध गराउने बताएकी छन् । संचालिका सोनी राईलाई पुजा मगरले साथ दिने छिन् ।

एचटिएस ब्युटी सलुन उद्घाटन कार्यक्रममा गायक तथा संगीतकार सुमन राई, गायक रेवत राई, हास्य कलाकार पार्वन राई (राई बुढा) चलचित्र निर्माता टेक पौरखी, गायिका बबिना किराती, गायक तथा संगीतकार महेन्द्र राई, गायिका दिपा तामाङ्ग, गायिका रश्मि राई, हास्यकलाकार तथा मोडल उमेश राई (फुलन्देको आमा) गायक समिर लिम्बु, गायक तथा संगीतकार रविन गहतराज , मोडल अनिश मगर, गायक तथा भिडियो एडिटर सुमन मगर, गायक तथा संगीतकार सुमन राईको आमा,जनता टेलिभिजनका पत्रकार तथा म्युजिक भिडियो निर्देशक जीबी लामा, समाजसेवी जितेन राई, मोडल रोशन राई लगायत दर्जनौको उपस्थिति रहेको थियो ।


Loading...