नायिका अप्सरा राई अभिनित चलचित्र “सुर्यास्त” मंसिरमा रिलिज हुने

0 2,037

काठमाडौ – नायिका अप्सरा राई अभिनित चलचित्र सुर्यास्तको आइटम गीत छायांकन गरेर चलचित्रको छायांकन सकिएको छ । राजधानिको गङ्गबु स्थित एक रोधि घरमा आइटम गीतको छायाँकन सम्पन्न गरे संगै चलचित्र “सुर्यास्त”को सम्पूर्ण छायांकन सकिएको हो ।

चलचित्रको आईटम गीतमा नायिका अप्सरा राईले नै आईटम डान्स गरेकी छन् भने उक्त गीतलाइ दिनेश पाख्रिनले कोरियोग्राफि गरेका हुन् । नायिका अप्सरा राई दर्जनौ म्युजिक भिडियोमा मोडलिङ्ग गरेपछि ठूलो पर्दाको चलचित्रमा प्रवेश गरेकी हुन् ।

राज बस्नेतको निर्माण निर्देशन रहेको सुर्यास्तमा किशोर खतिवडा, अप्सरा रार्इ, प्रज्वल गिरी, पनाह अधिकारी, रितेश श्रेष्ठ, काजि रम्तेल लगायतले अभिनय गरेका छन् ।

पनाह अधिकारीको कथा, पटकथामा रहेको चलचित्र त्रिकोणात्मक प्रेमकथामा बनेको छ । विकास चौधरी र जनम राईको सङ्गीत रहेकोउक्त चलचित्र मंसिरमा सार्वजनिक गरिने निर्माण पक्षले बताएको छ ।

Loading...