“देखिरहन्छु जहिले” को म्युजिक भिडियोको छायांकन सम्पन्न
काठमाडौं, ३१ साउन । गायक अर्जुन पौडेलको स्वरमा रहेको “देखिरहन्छु जहिले” म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ ।
अर्जुन मादेन लिम्बूको शब्द संगीत र क्षितिज कुलुङको एरेन्जमा तयार भएको यस गीतमा अर्जुन मादेन लिम्बू र निरन्जली लामाले अभिनय गरेका छन् ।
पछिल्लो समयमा निरन्जली लामा म्युजिक भिडियोमा छाउँदै आइरहेकी छन् । गायक अर्जुन पौडेललाई पनि देख्न सकिने यस भिडियोमा निर्मल सुब्बा आशिष र सन्तोष आले मगरले पनि अभिनय गरेका छन् ।
ललितपुरस्थीत सिलौती रिसोर्टमा छायांकन गरिएको भिडियोमा संगीता चन्दको श्रृङ्गार, मेघराज मगरातीको छायांकन र दिनेश माङ्मुको निर्देशन रहेको छ ।