“म तिम्रो मनको” म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ – राज सिग्देलको स्वरमा रहेको “म तिम्रो मनको” म्युजिक भिडियो सार्वजनिक भएको छ । दिल्ली चन्दको शब्द रचनामा रहेको उक्त गीतलाई निर प्रसाद गुरुङले संगीत संगीत गरेका छन् । यस भिडियोलाइ एरेन्ज पावल चाम्लिंग राईले गरेका हुन् ।
सुमन जोशी र बिना माझीको अभिनय रहेको यो गीतको म्युजिक भिडियोलाई रादित श्रेष्ठको सम्पादन र उत्सव दाहालको छायांकन रहेको छ ।
मुना चन्द निर्मात्री रहेको यो म्युजिक भिडियोमा निर्देशक प्रकाश धितालले निर्देशन गरेका हुन्
माया प्रेमको भावमा रहेको यो गीतको म्युजिक भिडियोलाई प्रोडुसर म्यानेजरमा दीपं गौतम रहेका छन् भने श्याम लामाले शृंगार गरेका छन् ।
“म तिम्रो मनको” म्युजिक भिडियो