“माछा त मारी सीतारा” बोलको म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – “माछा त मारी सीतारा” बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। संघिय सांसद कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
बालकको जन्म पश्चात, “न्वारान” पछि गरिने “छेवार” परम्परालाई यो गीतमा देखाईएको छ। तामाङ्ग समुदायमा छेवारलाई प्राथमिकताको साथ् गरिने गरिन्छ। यद्यपि “छेवार” अरु जनजाति समुदायमा पनि चलि आएको चलन हो।
यो गीतमा सुवाश तामाङ्ग, शसिकला मोक्तान र बबिता पाख्रिनको स्वर रहेको छ भने शब्द संगीत बैरागी मोक्तानले तयार पारेका हुन्। पवन वाङ्ग लामाको एरेन्ज रहेको यो गीतमा मिक्सिंग मास्टरिङ्ग भने चन्द्र चौधरीले गरेका हुन्।

प्रेम लोप्चन, अमिर दोङ्ग, कुइसाङ्ग रुम्बा,खेम मोक्तान,मिलन थिङ्ग,सुष्मा मोक्तान, पुर्णिमा ठोकर,यांगी दोङ्ग, पुष्पान्जली लोप्चन,दीपा घिसिङ्ग, साइना तामाङ्ग लगायतले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई संजय लामा र दुर्गा पौडेलले छायांकन गरेका हुन्।
दिर्ग खड्का, अजय स्याङ्गतान र नविन घर्ति मगरले सम्पादन गरेको यो गीतको म्युजिक भिडियोलाई राजेन्द्र मोक्तानले कलर गरेका हुन्। रेशम लामा र सम्सेर लामाले शृंगार गरेको यो गीतको म्युजिक भिडियोलाई, अजय स्याङ्गतानले नृत्य निर्देशन र अजय स्याङ्गतान र बाबुराज केसीले म्युजिक भिडियो निर्देशन गरेका हुन्। यो गीतको म्युजिक भिडियो निर्माण दिलु थापा तामाङ्गको रहेको छ।
बाँकी भिडियोमा हेर्नुहोला