चलचित्र “मट्टिमाला” कतारको सनैयामा प्रदर्शन् हुने

0 1,137

काठमाडौ – पछिल्लो समयका सफल मानिएको चलचित्र “मट्टिमाला” कतारको सनैयामा प्रदर्शन् हुने भएको छ । हाल नेपालको विभिन्न हलहरुमा चौथो हप्तामा प्रदर्शन भई रहेको चलचित्र “मट्टिमाला” व्यवसायिक हिसाबले निक्कै सफल मानिएको छ ।

अहिलेका चर्चित र व्यास्त नायक “हैट” थेगोले चर्चित बुद्धि तामाङ्ग, मेरी बास्सैमा “मंगली”को भूमिकाबाट चर्चित बनेकी रजनी गुरुङ, नेपाली टोनी जा भनेर चिनिने मार्शल आर्ट खेलाडि चिरन राई, नायिका संज्ञा श्रेष्ठ प्रियंका कार्की र पृथ्वी राई लगायतको मुख्य भूमिका रहेको चलचित्र “मट्टिमाला” लाई नेपालमा धेरै दर्शकहरुले रुचाएको चलचित्र हो ।

चलचित्र “मट्टिमाला” को आईटम गीत “बेचिदिन्थे यो जवानी, किन्ने कोहि भई दिए” बोलको गीत सर्वाधिक रुचाईएका गीत बनेको छ ।अहिलेका चर्चित संगीतकार सुमन राईको संगीत रहेको चलचित्र “मट्टिमाला” मा गायिका बबिना किराती, सुमन राई, अमृता लिम्बु,सुन्दर लामा,संगीत्ता थापा, आनन्द राई, बिक्रम राई लगायतको स्वर छ भने,शब्द रचनामा जानु काम्बाङ्ग लिम्बु,रोशन भट्टराई,साङ्गे ब्लोन तामाङ्गको रहेको छ ।

चलचित्र “मट्टिमाला” कतारको सनैयास्थित ३७ ग्रीन मलमा जुलाई २० तारिक प्रदर्शन हुने भएको छ । चलचित्र प्रदर्शनको लागि चलचित्र निर्माता पृथ्वी राई, निर्देशक टेके पौरखी कतार जाने भएका छन् ।

Loading...