सीमा क्षेत्रहरुमा प्रकोप रोक्नका लागि अपील

0 1,086

काठमाडौ – देशका विभिन्न क्षेत्रमा केहि दिन अगाडि आएको अविरल वर्षाको कारण २६ जनाको ज्यान जानुको साथै विभिन्न क्षेत्रमा डुबान भएकोले सिमानामा काँडेतार अभियानका अभियन्ताहरुको तर्फबाट नायक तथा निर्माता नवल खड्काले दुख व्याक्त गर्दै, एक प्रेस विज्ञप्ति जारि गरेको छ ।

विज्ञप्तिमा भनिएको छ । २६ जनाको ज्यान जानुका साथै विभिन्न स्थानमा डुबान हुँदा समेत सरकारको पक्षबाट शसक्त पहल नहुदा दुख लागेको बताउदै सुस्तावासीले नेपाली भू-भाग र आफ्नो घर जमिन डुबानमा परेपछि सुस्ताको बाँध फोडेर भारतीय नहरमा खासेलेकोमा खुशी लागेको बताईएको छ ।

विज्ञप्तिको पुर्णपाठ यस्तो छ ।
देशका विभिन्न स्थानमा मनसुन सक्रिय भएयता आएको बाढी र पहिरोमा परी २६ जनाले ज्यान गुमाएको र हजारौं प्रभावित भएका कुराले हामी स्तव्ध भएका छौं। अबका दिनमा पहाडमा बाढी-पहिरो र भारतका सीमा नाकामा बनेका अनुपयुक्त बाँधका कारण तराईका विभिन्न स्थानहरु जलमग्न भएकाले बाली तथा जनधनको अझ क्षति हुने खतरा बढ्दै गएकोछ।

यस्ता खतराका संकेत आइरहँदा पनि सरकारका सम्बन्धित तथा स्थानीय निकायहरुबाट प्रकोपको रोकथाम र न्युनीकरणका लागि पूर्व-तयारी नभएको प्रष्ट हुँदैछ। त्यसमाथि जनताको सहयोग लिनपनि सरकारका निकायहरु सक्रिय देखिएका छैनन्। हालैमात्र नेपालको सीमा सुस्तासँगको भारतीय बाँधका कारणले नेपालका भूभाग डुवान परेकोमा सीमाका नेपालीबाट बाँध फोरी नजिकैको भारतीय नहरमा बहाव पठाउँदा समेत नेपाल सरकारको शसक्त पहल हुन नसक्नु दुखद हो। हामी सुस्ताबासीबाट भएको यस्तो प्रयाशलाई अभिनन्दन गर्दछौं।

अन्तमा हामी सिमानामा काँडेतारका अभियन्ताहरु मुलुकका सवै क्षेत्रमा खासगरी भारतीय सीमाका बाँधका कारणले हुनसक्ने जनधन क्षति हुन नदिन जनताको सहभागिता जुटाउन र भारतीय सीमाका सम्बन्धित पक्षहरुसँग सहकार्य गर्नका लागि सरकारसँग जोडदार आग्रह गर्दछौं।

नवल खड्का
सिमानामा काँडेतारका अभियन्ताहरुको तर्फबाट

Loading...