गरिब तथा अनाथ बालबालिकाको लागी अक्षयकोषको निर्माण गर्दै – गायीका देशु गोले
काठमाडौँ – गरिवी तथा अनाथ बालबालिकाहरुको लागि निःशुल्क रुपमा अध्ययन अध्ययपन गराउनका लागि ङाम्युर ञीङ्मा ङ्युङने ल्हाखाङ गुम्बाले अक्षयकोष स्थापन गर्ने भएको छ ।
बालबाललिकालाई शिक्षाको ज्योतिबाट बञ्चित हुनबाट जोगाउने उद्देश्यले गुम्बाले अक्षयकोषको स्थापना गर्न लागेको गुम्बाका विदेश विभाग प्रमुख देशु गोलेले बताएकी हुन् ।
गुम्बाबाट एक कक्षादेखि १० कक्षासम्म विभिन्न शिक्षा जस्तै: बौद्ध शिक्षा र अंग्रेजी विषय पढाउने उद्देश्य रहेको छ । यस कार्यका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग गर्नका लागि समेत गोलेले अनुरोध गरेकी छन् ।
धरान उप-महानगरपालिका वडा नं. १५ मा रहेको ल्हाखाङ गुम्बाले गुम्बा निर्माणपछि अनाथ तथा गरिव बालबालिकालाई निःशुल्क शिक्षा, स्वास्थ्य, खाना र बस्ने ब्यबस्था गरिरहेको छ ।
हाल यस गुम्बामा विभिन्न ठाउँका ११ जना बालबालिकालाई अध्ययन गर्दै आएका छन् । हाल गुम्बामा हुने विद्यार्थिहरु कोही आर्थिक अवस्था कम्जोर भएका, आमा बुबाले छोडेर बिचल्लि भएकाहरु रहेका छन् ।
गुम्बामा बालबालिका आउने क्रम जारी नै रहेको तर गुम्बामा आर्थिक अवस्था कम्जोर भएको हुँदा उक्त बालबालिकालाई राम्रो संग पढाउनका लागि अक्षयकोषको स्थापन गर्न लागेको गोले बताइन् ।
