मोडेल साइरा मगर फोटो फिचरमा (भिडियो सहित)
काठमाडौ – रामेछापमा जन्मिएर मोडलिङ्ग क्षेत्रमा आएकी साइरा मगर एक कुशल डान्सर हुन् । आधा दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरि सकेकी साइरा हाल ब्याचलर प्रथम बर्षमा अध्ययनरत छिन् ।
सुन्दर शारीरिक वनावट भएकी मोडेल साइरा भविष्यमा यहि मोडलिङ्ग क्षेत्रमा जम्ने सुरमा रहेकी छिन् भने चार्टर्ड एकाउटेण्ट पनि उनको रुचि हो ।
दूइजना भाईहरुको एक्ली दिदी मात्रै हैन उनि, बाबा आमाको एक्ली छोरी पनि हुन् । साधारण खाना र लगाउन रुचि राख्ने साइरा नयाँ नयाँ ठाउँ घुम्न भने रुचाउछिन् ।

