वन्यजन्तु राहत वितरण कार्यक्रम सम्पन्न
विचारी चाम्लिङ्ग / काठमाडौ – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मार्फत ककनी गाउँ पालिका वडा नं एक, दुई र पाँचका एकसय पाँच जना कृषकहरुलाई वन्यजन्तुद्वारा पिडितहरुलाई राहत प्रदान गरेका थिए | चितुवा, बदेल भालु, दुम्सी, बाँदर , जरायो, लगायतका जिवजन्तुहरुद्वारा मध्यवर्ती क्षेत्रका कृषकहरुलाई क्षेती पूर्ति वापत तिन हजार देखि सत्र हजार सम्म राहत वितरण गरेका थिए |
खसी, बोका, बाख्रा, राँगा लगायतका पशुहरुलाई चितुवाले हानि नोक्सानी पुराए वापत चार हजारदेखि सत्र हजार सम्म र मकै कोदो तोरी फापर काउली आलु पिडालुका लागि तिन हजार नौ सय सम्म राहत स्वरुप प्राप्त गरेका थिए |
वन्यजन्तु राहत कार्यक्रममा प्रमुख अतिथि रहेका शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका चिफ वार्डेन डिल्ली बहादुर पुर्जा पुन बिशेष अतिथि दि फेमस गणका मेजर आशिष गुरुङ, शिवपुरी राष्ट्रिय निकुञ्जका सहायक संरक्षक कान्ति कंडेल , शिवपुरी राष्ट्रिय निकुञ्ज अन्तरगतका अध्यक्ष मध्यवर्ती क्षेत्रका बोर्ड काउन्सिलका अध्यक्ष दावा तामाङ्ग, ककनी ओखरपौवा उपभोक्ता समुहका अध्यक्ष जीवन तामाङ्गको उपस्थितिमा राहत वितरण सम्पन्न भएको थियो |
कार्यक्रमको प्रमुख अतिथि पुर्जा पुनले राहतका लागी आफै लागि पर्ने कृषकहरुलाई आय आर्जन र सिपमुलक बनाउनुमा जोड दिने २०७२ सालको महा भुकम्प पश्चात ध्वस्त भएका पर्खालहरु बनाउने जस्ता महत्वपुर्ण बिषयको उठान गर्नु भयो |
विशेष अतिथि रहेका गुरुङले वन मन्त्रालय संग राहतका बारेमा पहल गर्ने निकुञ्जको पानि काठमाडौ लगेकाले के यु केएल संग समन्वय गरि बजेट माग गर्ने बताउनु भयो |
काउन्सिलका अध्यक्ष दावा तामाङ्गले राहत बढाउनेमा जोड दिदै, यसपालीको राहत कम हुनुमा पर्य पर्यटनमा कमि भएको, राजश्व संकलनमा कमि आउनुले गर्दा राहत कम भएको बताउदै पर्यटन मन्त्रालय मार्फत बजेट माग गर्ने बताउनु भयो |
बफर जोनले वितरण गरेको राहत अति नै न्युन रहेकोले यस्ता खाले राहत लिनु र नलिनुमा केहि फरक नपरेको जसले गर्दा पिडितले उचित क्षेती पूर्ति पाउनु पर्नेमा राहत लिन आएकी कान्छी माया तामाङ्ग लगायत धेरै जसो उपस्थित कृषकहरुको गुनासो थियो |
ककनी ओखरपौवा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष जीवनलाल तामाङ्गले पनि पिडितहरुलाई वितरण गरिने राहतमा अति नै कम रहेको बताउनु भयो |आगामी बर्षहरुमा राहत बढाउनुमा हाम्रो पहल कदमी हुने र सिप मुलक र आय आर्जनमा ध्यान दिने पहिलाको तुलनामा यो पटकको राहत अति नै थोरै भएको समेत उल्लेख गर्नु भयो | स्मरण रहोस समितिका सचिव सिताराम घिमिरेले कार्यक्रम संचालन गरेका थिए |