पुजा सुनुवारको “नामसेवाल” को सार्वजनिक
काठमाडौ – “सेल्फी” “ट्युसन पढाउने” जस्ता चर्चित गीतको गायिका पुजा सुनुवारको अर्को किरात सुनुवार भाषाको गीत “नामसेवाल” को सार्वजनिक भएको छ । किरात सुनुवारको “स्यादर”लाई बेस बनाएर तयार पारिएको गीतको शब्द रचना कृष्ण सुनुवारले गरेका हुन् । यो गीतको शब्दलाई किरात सुनुवार भाषामा अनुवाद भने कातिच उकुसुले गरेका हुन् । सार्वजनिक गीत “नामसेवाल”मा एरेन्ज पुस्कर सुनुवारले गरेका छन् । किरात सुनुवार भाषामा “नामसेवल” को अर्थ नेपाली खस भाषामा नमस्कार भन्ने जनाउदछ ।
मेलोडी नेपालको प्रस्तुतीमा पुस्कर सुनुवारको आफ्नै च्यानल बाट सार्वजनिक भएको भिडियोलाई केशव विश्वकर्माले छायांकन गरेका हुन् भने यो गीतको म्युजिक भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका छन् । गायिका पुजा सुनुवार आफै लिप सिङ्ग भिडियोमा देखिएकी छन् भने केशव विश्वकर्मा आफैले निर्देशन पनि गरेका छन् ।
“नामसेवल” गीतको भिडियो यहाँ हेर्नुहोला
चैतको महिना, गुरासै फूल्यो, घुम्न जाउँ सिलिचुङ्ग