राजेश पायल राई र सुनिता थेगिमको स्वरमा मारुनी भाका “माया हजुर” सार्वजानिक

0 1,121

काठमाडौ – मेघा स्टार राजेश पायल राई र चर्चित गायिका सुनिता थेगिमको स्वरमा मारुनी भाकाको “माया हजुर” बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ । यो भन्दा अगाडि धेरैले मन पराएका गीत “हिडि जाने बटुवाको” भाग दुईको रुपमा बजारमा आएको यो गीत निक्कै मर्मस्पर्शी भावमा तयार भएको छ ।

सुमाया राईको शब्द रचनामा रहेको यो गीतमा चर्चित संगीतकार डिआर अटुले संगीत गरेका छन् । प्रवासमा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय डिआर अटुको दर्जनौ गीतहरु हिट भएका छन् ।

राजेश पायल राई नेपाली गीत संगीतको क्षेत्रमा मेघा स्टार हुन् भने सुनिता थेगिम पछिल्लो समयमा सबैको रोजाईमा पर्ने गायिका हुन् । सुनिता थेगिमको कोकिल कण्ठ आवाजले नेपाली गीत संगीतको स्रोताहरुलाई निक्कै नै लोभ्याउने गरेको छ । राजु कार्कीले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग र रेकर्डिङ्ग भने मुस्कान मुकारुङ्गले गरेका हुन् ।

लिम्दुनी क्रियसन युट्युब च्यानलबाट सार्वजानिक म्युजिक भिडियोमा गायक राजेश पायल राई र गायिका सुनिता थेगिम दुबैले फिचरिङ्ग पनि गरेका छन् । अन्जान लिम्बुले छायांकन गरेको म्युजिक भिडियोलाई मनोज राईले सम्पादन र केदार राईले कलरिङ्ग गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोस

यो पनि हेर्नुहोस

Loading...