मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ को ग्राण्ड फिनाले माघ १ मा

0 675

काठमाडौ २९ पुष । गौतम बुद्ध फिल्मस् प्रालिको आयोजनामा भइरहेको मिस्टर एण्ड मिस टीन शेर्पा २०१९ को ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । काठमाडौकोकमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा हुने आयोजकले जनाएको छ ।

शेर्पा समुदायका किशोर किशोरीहरुको व्यक्तिको विकास गर्नुका साथै शेर्पा संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको गौतम बु्द्ध फिल्मसका निर्देशक लाक्पा शेपा आमोदले बताएका छन् । निर्देशक शेर्पाका अनुसार प्रतियोगितामा २५ जना प्रतिस्पर्धीहरु सहभागी रहेका छन् । जसमध्ये १५ जना युवती र १० जना युवाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

जसमध्ये युवतीहरुमा प्रतियोगी नं १ मा डोल्मा शेर्पा २ मा पासाङ ल्हामु शेर्पा, ३ मा छेदुन शेर्पा, ४ मा टासी डोल्मा शेर्पा, ५ मा ल्हामु शेर्पा, ६ मा डोमा दिकी शेर्पा, ७ मा आङ दिकी शेर्पा, ८ मा छोदेन शेर्पा, ९ मा निमछुट्टी शेर्पा, १० मा दासोनी शेर्पा, ११ मा पासी शेर्पा, १२ मा एलिना शेर्पा, १३ मा मिङमा ल्हामु शेर्पा, १४ मा ङिमाली शेर्पा, १५ मा पेम डोमा शेर्पा रहेका छन । त्यसैगरी युवाहरु तर्पm कन्टेस्टेन नम्बर २१ मा लाक्पा ग्याल्वु शेर्पा, २२ मा तेन्जिङ छिरिङ शेर्पा, २३ मा टासी छिरिङ शेर्पा, २४ मा पासाङ शेर्पा, २५ मा कुसाङ सोनाम शेर्पा, २६ मा सोनाम शेर्पा, २७ मा छिरिङ शेर्पा, २८ मा साङ दावा शेर्पा, २९ मा आङदावा शेर्पा, र ३० मा निमा शेर्पा प्रतिस्पर्धामा छन् ।

विजेतालाई ५० हजार पुस्कार सहित गिफट ह्याम्पर, फष्ट रनरपलाई ३० हजार नगद तथा सकेण्ड रनरपलाई २० हजार र पब्लिक च्वाइस टाईटल विजेतालाई ५ हजार नगद पुरस्कार राखिएको आयोजक संस्थाकी प्रमुख छिरिङ डोमा शेर्पाले बताईन् । छिरिङका अनुसार थुप्रै टाइटलमा अवार्डहरु राखिएको छ ।साथै सवैजना उपस्थित भएर आफनो फेवरेटलाई भोट गर्न समेत अनुरोध गरेका छन् ।

Loading...