Browsing Category

ब्यानर न्युज

गोर्खा सिमेट्रीज ट्रस्ट नेपालले पुर्खा दिवस मनाउने

काठमाडौ - गोर्खा सिमेट्रीज ट्रस्ट नेपालले नेपालमा पनि पुर्खा दिवस मनाउने भएको छ । चैत्र २२ गते सुक्रबारको दिन नेपाल कराते संघ, कबर्ड हल (अन्तर्राष्ट्रीय खेलकूद परिसर, सातदोबाटो, ललितपुर)मा कार्यक्रमको आयोजना गरेर पुर्खा दिवस मनाउन लागिएको हो । हरेक वर्ष अप्रिल ५ तारिखका दिन विश्वभरी रहेका नेपालीहरुले पुर्खा दिवस मनाउँदै आएका छन् । पुर्खाहरुको योगदानलाई स्मरण गर्ने एक विशेष दिनको रुपमा अप्रिल ५ तारिख पुर्खा दिवस मनाईने गरिएको छ। पुर्खादिवसको दिन विश्व शान्ति र स्वतन्त्रता स्थापनार्थ प्रथम विश्वयुद्ध, दोश्रो विश्वयुद्ध तथा…

गेसोद्धारा बेलायत सरकार बिरुद्ध आन्दोलनको घोषणा

काठमाडौं - गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले बेलायत सरकारले घोषणा गरेको ‘नयाँ गोर्खा प्याकेज’को बिरोध गर्दै बेलायत सरकार बिरुद्ध आन्दोलनको घोषणा गरेको छ । बेलायत सरकारले पूर्व सहमति र पूर्वप्रतिबद्धता विपरित कपटपूर्ण तरिकाले एकतर्फी ‘प्याकेज’ घोषणा गरेको भन्दै गेसोले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । गेसोले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर तीन महिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा गेसोका सभापति कृष्णकुमार राईले बेलायत सरकारले पूर्वप्रतिबद्धता विपरित गरेको घोषणाले आफूहरु आश्चर्य चकित र दुखी भएको…

विप्लव समूह प्रतिबन्ध

२८ फागुन, काठमाडौ - सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूहलाई प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ । मन्त्रिपरिषद् बैठकले विप्लव समूहका नामबाट अब कुनै पनि गतिविधि गर्नै नदिने गरी प्रतिबन्ध लगाएको सरकारी उच्च स्रोतले बताएको छ ।

वन्यजन्तु राहत वितरण कार्यक्रम सम्पन्न

विचारी चाम्लिङ्ग / काठमाडौ - शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मार्फत ककनी गाउँ पालिका वडा नं एक, दुई र पाँचका एकसय पाँच जना कृषकहरुलाई वन्यजन्तुद्वारा पिडितहरुलाई राहत प्रदान गरेका थिए | चितुवा, बदेल भालु, दुम्सी, बाँदर , जरायो, लगायतका जिवजन्तुहरुद्वारा मध्यवर्ती क्षेत्रका कृषकहरुलाई क्षेती पूर्ति वापत तिन हजार देखि सत्र हजार सम्म राहत वितरण गरेका थिए | खसी, बोका, बाख्रा, राँगा लगायतका पशुहरुलाई चितुवाले हानि नोक्सानी पुराए वापत चार हजारदेखि सत्र हजार सम्म र मकै कोदो तोरी फापर काउली आलु पिडालुका लागि तिन हजार नौ सय सम्म…

गरिब तथा अनाथ बालबालिकाको लागी अक्षयकोषको निर्माण गर्दै – गायीका देशु गोले

काठमाडौँ - गरिवी तथा अनाथ बालबालिकाहरुको लागि निःशुल्क रुपमा अध्ययन अध्ययपन गराउनका लागि ङाम्युर ञीङ्मा ङ्युङने ल्हाखाङ गुम्बाले अक्षयकोष स्थापन गर्ने भएको छ । बालबाललिकालाई शिक्षाको ज्योतिबाट बञ्चित हुनबाट जोगाउने उद्देश्यले गुम्बाले अक्षयकोषको स्थापना गर्न लागेको गुम्बाका विदेश विभाग प्रमुख देशु गोलेले बताएकी हुन् । गुम्बाबाट एक कक्षादेखि १० कक्षासम्म विभिन्न शिक्षा जस्तै: बौद्ध शिक्षा र अंग्रेजी विषय पढाउने उद्देश्य रहेको छ । यस कार्यका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुले सहयोग गर्नका लागि…

मोडेल साइरा मगर फोटो फिचरमा (भिडियो सहित)

काठमाडौ - रामेछापमा जन्मिएर मोडलिङ्ग क्षेत्रमा आएकी साइरा मगर एक कुशल डान्सर हुन् । आधा दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरि सकेकी साइरा हाल ब्याचलर प्रथम बर्षमा अध्ययनरत छिन् ।  सुन्दर शारीरिक वनावट भएकी मोडेल साइरा भविष्यमा यहि मोडलिङ्ग क्षेत्रमा जम्ने सुरमा रहेकी छिन् भने चार्टर्ड एकाउटेण्ट पनि उनको रुचि हो । दूइजना भाईहरुको एक्ली दिदी मात्रै हैन उनि, बाबा आमाको एक्ली छोरी पनि हुन् । साधारण खाना र लगाउन रुचि राख्ने साइरा नयाँ नयाँ ठाउँ घुम्न भने रुचाउछिन् । 

किरात सभ्यता र भूगोल हो – सभामुख भण्डारी

अर्जुन जम्नेली / धरान - धरान, १८ फागुन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीले प्रदेशको नाम राख्दा जनताको भावना समेटिने बताएका छन् । किरात राई यायोक्खाको आज (शनिबार) सुनसरी धरानमा आयोजित १०औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै दुवै जनाले उक्त कुरा बताएका हुन् । प्रमुख अथिति रहेका मुख्यमन्त्री राईले प्रदेशको नाम बारे प्रदेशका सांसद र पार्टी प्रमुखहरुसँग छलफल, परामर्श भइरहेको बताए । नाम विवाद रहित होस भन्ने उदेश्यले प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)…

जननायकको जन्मजयन्ती दीप प्रज्ज्वलन

काठमाडौँ, १७ फागुन २०७५ - वि.सं. २००७ सालका प्रजातान्त्रिक योद्धा एवम् जननायक रामप्रसाद राईको ११०औँ जन्मजयन्तीका अवसरमा शुक्रबार माइतीघर, मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा संघीय सांसद विशाल भट्टराईले नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि उल्लेखनीय योगदान दिएका रामप्रसाद राईलाई सरकारद्वारा राष्ट्रिय विभूति घोषणा गरिएमात्रै उनको योगदानको उचित मूल्याङ्कन हुने बताए । नेकपा प्रदेश नं. एकका अध्यक्ष देवराज घिमिरेले रामप्रसाद राईहरूकै कारण आज मुलुक नयाँ युगमा प्रवेश गरेको बताउँदै राईलाई राज्यले उचित…

ऐतिहासिक तस्विरहरु काठमाडौ र खोटाङ्ग दिक्तेलको

ऐतिहासिक तस्विरहरु काठमाडौ र खोटाङ्ग दिक्तेलको  काठमाडौ दिक्तेल बाट देखिएको नेर्पाको सिरान मूल डाँडा तलको तस्विर खोटाङ्ग दिक्तेल मुढे  दिक्तेल बाट देखिएको नेर्पाको सिरान मूल डाँडा तलको तस्विर दिक्तेल मुढे  फोटो फेसबुक - सुक्र राई र अमर श्रेष्ठ

पछिल्लो चरणमा राष्ट्रियतामा माथि गम्भीर खतरा बढ्यो : गजुरेल

धनुषा - देशभक्त जनगणतान्त्रीक मोर्चा नेपाल केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले वर्तमान केपी ओली शर्मा नेतृत्वको सरकार देश र जनताको पक्षमा नभै दलाल, तस्कर, माफीया र अपराधीहरुको पक्षमा रहेको भन्दै त्यस्तो सरकारको नेपालमा काम नभएको तर्क गरेका छन । अध्यक्ष गजुरेलले ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा बढि भ्रष्टाचार र सामाजिक अपराधका घटनाहरु भएको र मुलुकको आन्तरिक सुरक्षा नीतिमा हस्तक्षेप बढेको भन्दै त्यस्तो राष्ट्रघाती, जनघाती सरकारलाई सडक आन्दोलन मार्फत खारेज गर्ने बताए । गत मंगलबारदेखि देशव्यापी सुरू गरेकाे मेची महाकाली…