Browsing Category

समाचार

नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको व्यक्तित्व एवम् कृतित्व चर्चा

२०७६ भदौ २६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषाका महाकवि सिद्धिदास महाजु अमात्यको १५२ औँ जन्मजयन्तीका अवसरमा उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा विचार गोष्ठीको आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त गोष्ठीमा बोल्दै मातृभाषामा योगदान पु¥याएका स्रष्टाहरूका सम्झनामा प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक समाजले अर्को समाजलाई बुझ्नका लागि मातृभाषाले धेरै सहयोग पु¥याइरहेको हुन्छ । नेपाली समाज बहुल छ र त्यो…

‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठी आयोजना

२०७६ भदौ २५ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा आज प्रज्ञा भवनको देवकोटा सभाकक्षमा बालसाहित्य सम्बन्धी विचारगोष्ठीको आयोजना गरिनुका साथै अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक गरियो । ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक उक्त गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसअघि प्रज्ञा–प्रतिष्ठानबाट बालसाहित्यका क्षेत्रमा त्यति ध्यान पुग्न नसकेको महसुस गरेर यसपटकको प्राज्ञपरिषद्ले बालसाहित्यप्रधान पत्रिका…

अग्नि पीडित बालकलाई यायोक्खाद्वारा आर्थिक सहयोग

काठमाडौ - खोटाङ जिल्ला कोपिलासगढी गाउँपालिका – ४, बाक्सीलाका पाँच महिने प्रविण राई आगोमा परी घाइते अवस्थामा काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचार गराईरहेको बालकको लागी किरात राई यायोक्खा मलेसिया शाखाले बालकको उपचारको लागी ५० हजार १०५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । असारमान राई र निर्मला राईका नबौं सन्तान प्रविण राईलाई उनकै ६ बर्षिय दाजुले हेरी रहेको बेला कोक्रो पल्टीएर आगोमा परी घाइते भएका थिए । घरको आर्थिक अवस्था कमजोर रहेका कारण घाइते बालकको लागी किरात राई यायोक्खा, तरुण दल खोटाङ लगायतले आर्थिक सहयोग अभियान चलाएका थिए…

कोरियाबाट जुनु गुरुङको आइसिसी महिला संयोजकमा उम्मेदवारी

काठमाडौं गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरीकी छन् । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनएनएको नवौ विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् । गुरुङ हाल एसिया प्याशिफिक महिला फोरम संयोजक रहेकी छन् भने कोरियामा रहेर समाजसेवामा सकृय रहेकी छन् । सबैको मन मनमा बस्न सफल जुनु गुरुङ,राम्रो समाजसेवा गरे बापात दक्षिण कोरियन सरकारले मानार्थ सिटिजन सिपको उच्च सम्मानले पुरस्कृत…

रवि लामिछाने सहित तिनै जना धरौटीमा रिहा, रवि लामिछानेले यसबारे सार्वजनिक रुपमा बोल्न नपाउने

 काठमाडौं,  ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएको हो । लामिछानेलाई  ५ लाख , सञ्चारकर्मी युवराज कँडेललाई  ३ लाख  र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न जीला अदालत चितवनले आदेश दिएको हो । अदालतले धरौटीमा छाड्ने आदेश दिएसँगै तीनै जनाले हिरासत बाहिरै रहेर…

कटारी महोत्सव २०७६ को तयारी तिब्र

उदयपुर– कृषि, ऐतिहासिक, साँस्कृतिक र पर्यटन प्रवर्द्धनको लागि प्रथम कटारी महोत्सव २०७६ को तयारी तिब्र पारिएको छ । आगामी असोज ११ गते देखि १७ गतेसम्म उदयपुरको कटारीमा हुने महोत्सवको तयारी तिब्र पारिएको हो । कटारी नगरपालिका घोषणा भएपछिको यो पहिलो महोत्सव हो । कटारी बजारमा पहिलो पटक हुन लागेको प्रथम कटारी महोत्सवको मुख्य प्रायोजकमा कटारी नगरपालिका र सह प्रायोजकमा सौर्य सिमेन्ट प्रा.लि., सिभिल होम्स प्रा.लि., मारुती सिमेन्ट प्रालि., कसमस सिमेन्ट प्रा.लि. रहेको आयोजकका सचिव नेत्र राईले बताएका छन् । महोत्सको मुख्य आकर्षणमा…

राजन मुकारुङको नवौं कृति ‘हाट जाने अघिल्लो रात’

काठमाडौं, १७ साउन । साहित्यकार राजन मुकारुङको नवौं कृति ‘हाट जाने अघिल्लो रात’ शुक्रबार मण्डला थिएटरमा विमोचन भएको छ । ‘हाट जाने अघिल्लो रात’ सम्पूर्ण पुस्तकमध्ये नवौं र कविताकृति पाँचौ हो । हाटकै शैलीमा विमोचन गरिएको कृतिमाथि वक्ताहरुलाई हाटमा फौदारी खेल्नेको रुपमा प्रस्तुत गरिएको थियो । फौदारी खेल्नेहरुमा अभियन्ता कैलाश राई, पत्रकार यज्ञस थिए । अभियन्ता कैलाश राईले राजन मुकारुङ भन्नेवित्तिकै सृजनशील अराजकताको नाम पनि नछुटाउनुपर्ने बताएकी थिइन् । त्यस सृजनशील अराजकतामा तीनजा अभियन्ताहरु रहेको र किराँतीहरुको चुलामा तीन…

किरण टि लिम्बूको एल्बम ‘भावनाका फूलहरू–३’ विमोचित

काठमाडौं, १७ साउन । गीतकार किरण टि लिम्बूको एल्बम ‘भावनाका फूलहरू–३’ शुक्रबार रकहाउस क्याफे रातोपूलमा विमोचन भएको छ । वरिष्ठ गीतकार राजेन्द्र थापा, साहित्यकार तथा गायक गणेश रसिक, मेजर काजिमान लिम्बूलगायतको उपस्थितिमा एल्बमको विमोचन गरिएको हो । यो एल्बमको तेश्रो सिर्जना हो । वरिष्ठ साहित्यकार तथा गायक गणेश रसिकले आफूलाई किन समीक्षा गर्न दिइएकोमा अचम्म लागेको बताए । किनभने यसभन्दा अगाडिका एल्बमहरू गणेश आफैले विमोचन गरेका रहेछन् । किरण टि आफैमा निरन्तर लागिरहने गीतकार रहेको रसिकको कथन थियो । एल्बममा रहेको ५ वटा गीतलाई ६ जना…

प्रेस सेन्टर नेपालको भेलाले लोकराज जैसी अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति गठन

प्रेस सेन्टर नेपालको भेलाले लोकराज जैसी अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति गठन मनराज कठायत / काठमाडौं । देशका सातै प्रदेशबाट राजधानीमा भेला भएका पत्रकारहरुले प्रेस सेन्टर नेपालको पुनः गठनसहित भव्य रुपमा विशेष राष्ट्रिय भेला सम्पन्न गरेको छ । लामो समयदेखि जनपक्षिय पत्रकारीता गर्दै आएका पत्रकार लोकराज जैसीको अध्यक्षतामा सम्पन्न उक्त विशेष भेला सम्पन्न भएको हो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोेपाल किरातीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलाले संगठनको राष्«िय सम्मेलनलाई गति दिने गरी पत्रकार जैसीको अध्यक्षतामा २५…

जितेन बान्तावा राई र बिम्बु मगरको “जवानीको रंग” मा हन्ना नाम्नुमा

काठमाडौ - जितेन बान्तावा राई र बिम्बु मगरको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भए संगै चर्चा पाएको छ । "जवानीको रंग" बोलको म्युजिक भिडियो सार्वजनिक भए संगै चर्चा पाएको हो । सार्वजनिक गीतको शब्द रचना, संगीत पनि जितेन बान्तावा राईले नै गरेका हुन् । एरेन्ज भने गायक तथा संगीतकार पावल चाम्लिङ्ग राईले गरेका हुन् भने मिक्सिङ्ग रदिफ श्रेष्ठले गरेका हुन् । बिशेष गरेर युवा बर्गलाई लक्षित गरेर तयार पारिएको यो गीतको म्युजिक भिडियोको अवधारणा र निर्देशन पनि गायक स्वयम् जितेन बान्तावाले नै गरेका छन् । प्रतिमा गुरुङ्गले निर्माण…