अग्नि पीडित बालकलाई यायोक्खाद्वारा आर्थिक सहयोग

0 787

काठमाडौ – खोटाङ जिल्ला कोपिलासगढी गाउँपालिका – ४, बाक्सीलाका पाँच महिने प्रविण राई आगोमा परी घाइते अवस्थामा काठमाडौं स्थित कान्तिबाल अस्पतालमा उपचार गराईरहेको बालकको लागी किरात राई यायोक्खा मलेसिया शाखाले बालकको उपचारको लागी ५० हजार १०५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

असारमान राई र निर्मला राईका नबौं सन्तान प्रविण राईलाई उनकै ६ बर्षिय दाजुले हेरी रहेको बेला कोक्रो पल्टीएर आगोमा परी घाइते भएका थिए ।

घरको आर्थिक अवस्था कमजोर रहेका कारण घाइते बालकको लागी किरात राई यायोक्खा, तरुण दल खोटाङ लगायतले आर्थिक सहयोग अभियान चलाएका थिए । भने किरात राई यायोक्खा मलेसियाले पनि मलेसियामा बालकको उपचारार्थ आर्थिक सहयोगको लागी अभियान चलाएको थियो । जसमा किरात राई यायोक्खा मलेसिया केन्द्रबाट आरएम ४६०, जोहोरबारु शाखाबाट आरएम ६००, पेनाङ शाखाबाट आरएम ६२० र इपो शाखाबाट आरएम ९०० आर्थिक संकलन भएको थियो ।

किरात राई यायोक्खा नपालको केन्द्रिय कार्यालयमा केन्द्रिय अध्यक्ष दिवस राई, महासचिव जनक राई, का.बा. कोषाध्यक्ष परशुराम राई, किराया दुबईका कोषाध्यक्ष सरुसितल राइृ, यायोक्खा भक्तपुरका अध्यक्ष भिमबहादुर राई लगायतको उपस्थितिमा अग्नि पीडित प्रविण राईकि आमा निर्मला राइृ र काका प्रकाश राईलाई यायोक्खा मलेसियाका प्रतिनिधि रबिन राईले रकम हस्तान्तरण गर्नुभएको थियो ।

Loading...