सन्दिप मोतेको स्वरमा रहेको “एकबारको जुनीमा” बोलको गीत सार्वजनिक

0 1,066

काठमाडौ – गायक सन्दिप मोतेको स्वरमा रहेको “एकबारको जुनीमा” बोलको गीत सार्वजनिक भएको छ । विशेष गरेर युवाहरुलाई लक्षित गरेर तयार पारिएको यो गीत सार्वजनिक भएको छोटो समयमै धेरैले रुचाई दिएका छन् ।

भुपेन्द्र आवाजुङ्गको शब्द संगीतमा तयार भएको यो गीतमा माया प्रेमका कुराहरु प्रशस्तै गरिएको छ । गीतको स्थाई देखि अन्तरा सम्मै प्रेमिल शब्दहरु प्रयोग भएकाले प्रेम गर्ने जोडीहरुले निक्कै रुचाएका छन् ।

शिव राई र माङ्गफाहाङ्ग राईले अभिनय गरेको यो गीतको म्युजिक भिडियो पनि निक्कै उत्कृष्ट बनेको छ । सुमन मगरको छायांकन र सम्पादन रहेको यो म्युजिक भिडियोमा संयोग राईको प्रकाश र सोनी राईको शृंगार रहेको छ । यो गीतको म्युजिक भिडियोलाई अन्जान किरातीले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोस

Loading...