जितेन बान्तावा राई र बिम्बु मगरको “जवानीको रंग” मा हन्ना नाम्नुमा

0 1,408

jiten bantawa & Hanna Namnumaकाठमाडौ – जितेन बान्तावा राई र बिम्बु मगरको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भए संगै चर्चा पाएको छ । “जवानीको रंग” बोलको म्युजिक भिडियो सार्वजनिक भए संगै चर्चा पाएको हो ।

सार्वजनिक गीतको शब्द रचना, संगीत पनि जितेन बान्तावा राईले नै गरेका हुन् । एरेन्ज भने गायक तथा संगीतकार पावल चाम्लिङ्ग राईले गरेका हुन् भने मिक्सिङ्ग रदिफ श्रेष्ठले गरेका हुन् ।

बिशेष गरेर युवा बर्गलाई लक्षित गरेर तयार पारिएको यो गीतको म्युजिक भिडियोको अवधारणा र निर्देशन पनि गायक स्वयम् जितेन बान्तावाले नै गरेका छन् ।

प्रतिमा गुरुङ्गले निर्माण गरेको म्युजिक भिडियोमा जितेन बान्तावा राईलाई हान्ना नाम्नुमाले साथ् दिएकी छन् भने म्युजिक भिडियोको सह निर्देशन र छायांकन केशव विश्वकर्माले गरेका हुन् । “जवानीको रंग” बोलको म्युजिक भिडियोलाई सम्पादन र कलरिङ्ग भने मोहन सुनुवार “नविन” ले गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...