जानु काम्बाङ्गको मेलोडियस गीतमा आयुष रिजाल र नम्रता सापकोटाको अभिनय (भिडियो सहित)
काठमाडौ – चर्चित गीतकार जानु काम्बाङ्ग लिम्बुको फेरि अर्को नयाँ मेलोडियस गीत सार्वजनिक भएको छ । गीतकार काम्बाङ्गको शब्द रचनामा हरि दत्त फुलाराको स्वरमा रहेको “म आउने प्रहर” बोलको म्युजिक भिडियो सहित सार्वजनिक भएको हो । वेलायतमा रहेर नेपाली साहित्य र गीति लेखनमा सक्रिय रुपमा कलम चलाई रहेकी गीतकार काम्बाङ्गको यो भन्दा अगाडि पनि दर्जनौ हिट गीतहरु बजारमा आईसकेका छन् ।
सार्वजनिक गीतमा गायक हरि दत्त फुलाराले नै संगीत पनि गरेका छन् भने महाराज थापाले एरेन्ज र किशोर थापाले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका हुन् ।
सार्वजनिक म्युजिक भिडियोमा आयुष रिजाल र नम्रता सापकोटाले अभिनय गरेका छन् । रबिन्द्र बरालले छायांकन गरेको म्युजिक भिडियोमा ड्रोन पनि बरालले नै उडाएका हुन् । समग्रमा निक्कै राम्रो बनेको म्युजिक भिडियोलाई बिष्णु खड्काले सम्पादन र बाबा नेपालले निर्देशन गरेका हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला