सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालयको, नवर्निर्मित भवनहरुको उद्‍घाटन सम्पन्न

0 726

विचारी चाम्लिङ्ग / काठमाडौ – राष्‍ट्रिय पुनर्निर्माण प्राधिकरणको बिनियोजित बजेटबाट सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय परिसरमा नवर्निर्मित व्यारेक भवनहरुको समुद्‍घाटन मिति २०७६ साल आषाढ २५ गते बुधबार संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यतामा सु-सम्पन्‍न भयो।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत ककनी गाउँपालिकाका अध्यक्ष श्री मान बहादुर लामा, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु सुरज कुमार श्रेष्ठ, राजुराम सुवाल र कविन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु, पूर्व समादेशकहरु, नुवाकोट जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, ककनी गाउँपालिकाका पदाधिकारीहरु, स्थानिय बुद्बिजिवी, भद्रभलादमीहरु, पत्रकारहरु तथा उक्त शिक्षालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

१०:३० बजे बाट सुरु भएको उद्‍घाटन समारोहमा प्रमुख अतिथी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलाअनावरण गरी नवनिर्मित ५ वटा ब्यारेक भवनहरु समादेशक निवास, सिनियर अधिकृत व्यारेक, जुनियर अधिकृत व्यारेक, बिल्लादार जवान व्यारेक र प्रशिक्षार्थी व्यारेक भवन, ८ वटा हाईपोईन्ट डिउटी पोष्टहरु र ३ वटा पर्खालहरुको स्थलगत अवलोकन गर्नु भई भवन निर्माण कार्यमा योगदान पुर्‍याउनु हुने महानुभावहरुलाई प्रशंसा-पत्र समेत वितरण गर्नु भएको थियो ।

समुद्‍घाटन समारोहमा मन्तब्यको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अमर सशस्त्र प्रहरी कर्मचारीहरुको बलिदानको स्मरण गर्नु हुँदै राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपाल सदैव प्रतिबद्ब रहेको र संगठनको सीमित श्रोत साधन र जनशक्तिलाई सुदृढ र बिस्तार गर्दै लैजाने योजना रहेको हुँदा संगठनले अवलम्वन गरेको भ्रष्टाचार, मानवअधिकार उल्लघंन तथा लैङ्गिक हिंसाका घटनामा शून्य सहनशिलताको नीतिलाई मनन गरी आफ्नो जिम्मेवारी पुरा गर्न सम्पूर्ण राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशित गर्नु भयो ।

साथै सम्माननीय प्रधानमन्त्रीज्यूले अगाडी सार्नु भएको समृद्ध नेपाल, सुखी नेपाली अभियान र माननीय गृहमन्त्रीज्यूले अगाडी सार्नुभएको विकास, सुरक्षा र सुशासन अभियानलाई सफल पार्न सशस्त्र प्रहरी बल, नेपाल अहोरात्र लागि परेको र यसै अनुरुप सीमा सुरक्षा, विपद् व्यवस्थापन तथा नागरिकको जिउधनको सुरक्षा जस्ता गहन जिम्मेवारी रहेको सशस्त्र प्रहरी बल, नेपाल हाल देशका सबै जिल्लाहरुमा तैनाथ भईसकेको कारण नागरिकले छिटोछरितो र प्रभावकारी सेवा प्राप्त गर्न सफल रहेको समेत जानकारी गराउनु हुँदै नवनिर्मित भवन निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने विभिन्‍न निकाय, ककनी गाउँपालिका लगायत नुवाकोट जिल्लाबासीहरुले पुर्‍याउनु भएको साथ सहयोग एवं योगदानको सराहना गर्दै धन्यवाद व्यक्त गर्नु भयो ।

सोहि अवसरमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक स.प्र.अ.म.नि. रामशरण पौडेलले धन्यवाद मन्तब्य ब्यक्त गर्नु हुँदै विभिन्‍न प्रशिक्षण केन्द्रहरु स्थापना गरी स.प्र.बल, नेपालका राष्ट्रसेवक कर्मचारीहरुको लागि तालिमहरु संचालन गर्दै आईरहेको र शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघिय मिशनमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुको कार्यकुशलता एवं कार्यक्षमता अभिवृद्धि गर्दै सक्षम जनशक्ति उत्पादन गर्ने कार्यमा उक्त तालिम शिक्षालयले महत्वपूर्ण योगदान पुर्‍याउदै आईरहेको र हाल नवनिर्मित भौतिक पूर्वाधारहरुबाट प्रशिक्षक र तालिमरत कर्मचारीहरुलाई सुविधा हुने र तालिम संचालन थप प्रभावकारी हुने बताउनु भयो ।

मिति २०७२ साल बैशाख १२ गतेको भुकम्पबाट क्षतिग्रस्त भएका उक्त शिक्षालयका भवनहरुको पुनर्निर्माणको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्बारा बिनियोजित कुल १६ करोड ३६ लाख १३ हजार ६ सय ६८ रुपैया १० पैसा निर्माण लागतमा किरातेश्‍वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ्ग कम्पनि प्रा.लि., महादेव खिम्ति निर्माण सेवा प्रा.लि. र किरातेश्‍वर कन्स्ट्रक्सन एण्ड ड्रिलिङ्ग कम्पनि एण्ड प्रबेश जे.भि.ले कार्य सम्पन्‍न गरेको कुरा उक्त शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गणेश ठाडा मगरले निर्माण सम्बन्धी प्रतिवेदनमा प्रस्तुत गर्नु भएको थियो ।

E-mail ,  bicharichamlingjee@gmail.com

Loading...