Browsing Category

समाचार

सुमन राई र दृष्टि बिहिन गायिका रेणुका राईको “बाच्न मलाई” सार्वजनिक

काठमाडौ - चर्चित संगीतकार सुमन राई र दृष्टि बिहिन गायिका रेणुका राईको स्वरमा रहेको "बाच्न मलाई" बोलको गीत सार्वजनिक भएको छ । दृष्टि बिहिन गायिका रेणुका राईको नौ बर्षको उमेरमा आँखाको ज्योति गुमेको थियो । आफ्नो आँखाको उपचार गराउनकै निम्ति सडकमा संघर्ष गर्दै आएकी रेणुकाको गीत रेकर्ड गराउने ईच्छा अनुसार गायक तथा संगीतकार सुमन राई, ईन्द्र जिजीबिषा, मिना राई, जानु काम्बाङ्ग लिम्बु, मूलघरे कान्छा( राजेन खिम्बुले राई) को पहलमा उक्त गीत रेकर्ड गराईएको थियो । सार्वजनिक गीतको शब्द रचना जानु काम्बाङ्ग लिम्बुले गरेकी हुन् भने संगीत/…

दृष्टि बिहिन गायिका रेणुकाको जीवन कथामा आधारित गीत सार्वजनिक (भिडियो सहित)

ईन्द्र जिजीबिषा / नौ बर्षको उमेरमा, डक्टरले गलत औषधि दिएर खाए पश्चात आँखाको ज्योति गुमाएकी गायिका रेनुका राई झापा जिल्लामा जन्मिएकी हुन् । बाच्नको निम्ति खोलाको ढुङ्गा टिपेर ट्याक्टरमा जम्मा गरि बेच्ने देखि चिया पसल सम्म गरेकी रेणुकाको सानै देखि गीत गाउने चाहाना थियो । आज भन्दा पाँच बर्ष अगाडि मकै बारीमा मकै खान आएको हातिलाई लखेट्ने क्रममा बाबालाई पनि हातीले मारेपछि सम्पूर्ण परिवारको जिम्मा उनै रेनुका राई माथि आयो । आमा बृद्ध अवस्थाकी, बहिनि सानै, एक दाजु भएपनि दाजुलाई पनि आफ्नै परिवारको बोझ । आफू पनि दृष्टि बिहिन, त्यहि…

बेलायतवासी बाँसुरी प्रेमीहरुको पहिलो भेटघाट सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत गत ७ जुलाई २०१८ को दिन बेलायतको एम्पायर हल, अल्डरसटमा “बाँसुरी चौतारी बेलायत” ले पहिलो साधारण भेटघाट र अभ्यास सम्पन्न गरेको छ । खड्क क्षेत्रीको सम्योजनमा “बासुरी चौतारी बेलायत” नामको फेसबूक पेज खोलेयता बेलायतको बिभिन्न स्थानहरुमा बसेका बाँसुरीप्रेमी तथा बाँसुरीबाधकहरु फेसबूक पेजमा मात्र केहि समय यता एक भएको र आफ्ना बाँसुरीका धुनहरु सुनाउदै आएका थिए । उक्त “बासुरी चौतारी बेलायत” फेसबुकमा बेलायत भन्दा बाहिरका केहि बाँसुरीका लब्द प्रतिष्ठित ब्याक्तित्वहरुलाई पनि समावेश गरिएको छ । उक्त “बासुरी…

मन्त्रीकै योजनामा सिण्डिकेट फर्काइँदै

काठमाडौ - यातायात क्षेत्रको विकृति हटाउन यातायात व्यवस्था विभागले गत १८ चैतदेखि कारबाही थालेको थियो । तर सिन्डिकेटविरुद्ध निर्णायक कारबाहीमा उत्रिएका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई हौसला दिनुको सट्टा अचानक मन्त्रालय तानियो । ३१ वैशाख ०७५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निर्णयबाट मन्त्रालय हाजिर गराइएका भट्टराईलाई बस्ने कोठा र कुर्सीसमेत छैन । नयाँ पत्रिका दैनिकका अनुसार "बस्ने कोठा र कुर्सि नभएका कारण सहसचिव भट्टराई बिहान १० बजे हाजिर गर्न मन्त्रालय पुग्ने गरेका छन् तर गर्ने काम र बस्ने…

खोला किनारमा रातभरि जागेर ज्यान जोगाउन बाध्य

अभिमनु कुमार पटेल/रौतहट, २३ असार - बौधीमाई नगरपालिकाको वडा नं २ ईनर्वा टोलका स्थानीयबासीहरु बाढीको त्रासले रातभरि जागेर ज्यान जोगाउन बाध्य बनेका छन । बाढीको डरले पुरै बस्ती नै विस्थापित हुन गईरहेको जनताको पीडा बुझन पूर्व मन्त्री तथा सोही क्षेत्रका सांसद मो. अफताब आलमले आफै बस्तीमा पुगी जसरी भए पनि बाध ठोस तरिकाले मर्मत गराई सम्पूर्ण जनताको ज्यान जोगाउन मेरो जिम्मेवारी रहेको बताए । जनताको ज्यानसँग खेलवाड गर्ने जल उत्पन्न प्रकोप कार्यालयका प्रमुख राजकुमार श्रीवास्तलाई कार्वाहीको लागि सदनमा माग गर्ने मन्त्री आलमले पीडितहरु…

मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने र निषेधाज्ञा फिर्ता नहुने प्रधानमन्त्रीको भनाई

काठमाडौं २३ असार - डा. गोविन्द केसीले आमरण अनसन बस्दैमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउन नसकिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका छन् । जनताले तिरेको करबाट तलब खाने कर्मचारीले आफ्नो काम गर्नु पर्ने भन्दै उनले राजनीतिक गर्ने भए पार्टी प्रवेश गर्न डा. केसीलाई आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले उपत्यकामा जारी गरिएको निषेधाज्ञा कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । दुनियाँको कुनै पनि देशमा जहाँ मन लाग्यो त्यही प्रदर्शन गर्न नपाइने भन्दै ‘लोकतन्त्र भनेको छाडातन्त्र होइन भनेका छन्,।’…

हेभन्ली पाथ गोकर्णेश्वर समितिको अध्यक्षमा दिनेशचन्द्र खनाल

मदनकृष्ण सिलवाल काठमाडौँ, २३ असार - हेभन्ली पाथ नेपाल उपत्यका शाखा इकाई गोकर्णेश्वर नगर समितिको प्रथम अधिवेशन तथा तेस्रो साधारण सभाको दक्षिणढोका सेमिच्युङ हलमा सम्पन्न भएको छ । हेभेन्ली पाथ नेपाल उपत्यका शाखा अध्यक्ष रोहित देवानद्वारा युनिभर्सल प्रासना गरी उद्घाटन गरिएको सो कार्य हेभन्ली पाथ नेपाल उपत्यका शाखा ईकाई अध्यक्ष सुनापती गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा हेभन्ली पाथ नेपाल केन्द्रीय महासचिव प्रेम रिभुसाल, समितिका सल्लाहकार लगायत अन्य लब्ध प्रतिष्ठित व्यक्तित्वहरू अतिथिको रुपमा रहेका थिए ।…

दिनेश माङ्मुको निर्देशनमा “खबर दिनु म्यासेजमा पलपलको” सार्वजनिक

काठमाडौं, १५ असार - चर्चित नृत्य निर्देशक दिनेश माङ्मु म्युजिक भिडियो निर्देशक बनेका छन् । गंगा सुब्बा तुम्बाहाङ्फेको रचना तथा संगीतमा तयार भएको "खबर दिनु म्यासेजमा पलपलको" बोलको गीतमा माङ्मुले निर्देशन गरेका हुन् । दृष्टिविहिन गायिका कुमारी योङहाङको स्वर रहेको उक्त गीतमा लक्ष्मी योङहाङ र विवश वेनाम माङ्मुले अभिनय गरेका छन् । गंगा सुब्बा तुम्बाहाम्फे पुराना कलाकारसमेत हुन् । उनले मासेमी, बसन्त ऋतु, परिवर्तनजस्ता चलचित्रमा अभिनय गरेर केही समय परदेश लागेका थिए । नेपाल फर्केर पुनः पार्सल, यारी, टापु, फेकेजस्ता चलचित्रमा अभिनय…

केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान

चितवन २३ असार - पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीमा केहि समय अगाडि किसानको बगानमा पसेर केरा फाँडेको आरोपमा पक्राउ परेका व्यक्ति कारागार चलान भएका छन् । सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरिए पनि फरार हुँदै आएका कालिका–६ बस्ने २१ वर्षीय अर्जुनकुमार डल्लाकोटीलाई पक्राउ गरी अदालतमा पेश गरिएको र शुक्रबारै कारागार चलान गरिएको हो । जिल्ला अदालतले रु दुई लाख ५० हजार धरौटी माग गरेकामा बुझाउन नसकेपछि कारागार चलान जनाईएको छ । सोही मुद्दामा यसअघि पक्राउ परेका अन्य पाँच जनालाई पनि अदालतले रु दुई लाख ५० हजार धरौटी माग…

“किरात राई यायोक्खा कान्तोउ शाखा जापान” ले ब्लडक्यान्सर पिडित अनिल राईलाई गर्र्यो आर्थिक सहयोग

टोकियो,जापान /मुस्कान थुलुंग खोटांग जिल्ला नुनथला ६ खाम्ला हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानं. १३ घर भइ हाल काठमाण्डौ बानेश्वर स्थित सिभिल सर्भिस हस्पिटलमा उपचाररत ब्लडक्यान्सर पिडित बर्ष १९ का अनिल राई (केशब कुमार राईको छोरा)  को अहिले पहिलो चरणमा रोग रहेको र यस्लाई छिट्टै उपचार गर्न सके निको हुन सक्ने त्यहाँ कार्यरत उपचारमा संलग्न बरीष्ठ चिकीत्सक क्यान्सर बिशेषज्ञको सुझाव रहेको तर यस्को उपचार निक्कै महंगो पर्न जाने भन्ने जानकारी दिनु भएको छ । यस् कठिन घड़ीमा बिरामीलाई सानो भए पनि सहानुभूति स्वरुप मानवीय…